चितवनमा कौडा खेलिरहको ठांउबाट २ लाख नगद सहित २३ जना जुवाडे पक्राउ


डिलकुमारी नेपाल, चितवन

२२ कार्तिक । चितवन प्रहरीले कौडा खेलिरहको ठांउबाट दुई लाख नगद सहित २३ जना जुवाडेलाई आज बिहानै समाउन सफल भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट चाडपवलाई नियलदै समाजमा हुन अपराधलाई कम गने उदेश्यले खटिएका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको जमबाे टोलीले कौडा खेलिरहेको अवस्थामा बिहीबार बिहान करिब १ बजेको समयमा भरतपुर महानगरपालिका १६ शरणपुरबाट १९ जना जुवाडेलाई समाउन सफल भएकाे छ ।

प्रहरीले १६ थान कौडा र १ लाख ४९ हजार ६ सय ८५ रुपैयाँ समेत साे खालबाछ बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राठौरले बताउनु भाे । सोही समयमा इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरीको विशेष टोलीले सुराकिकाे अाधारमा भरतपुर महानगरपालिका १५ फुलवारीबाट तथा कमल पोखरीबाट कौडा खेलिरहेका चार जनालाई समेत पक्राउ गरेकोे हाे । उनीहरुको साथबाट प्रहरीले १६ थान कौडा र ३ लाख ६ हजार २ सय ६५ रुपैयाँ नगद समेत बरामद भएकाे एसपी राठौरले हामिलाई जानकारि दिनु भयाे ।

पक्राउ परेका निजहरु उपर मुलुकी अपराध ९संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कारवाही हुदै गरेका शुसिल राठौरको जिकरि एसपी राठौरकाे छ । चितवनमा जिम्मेवारी सम्हाले संगै जेठ ४ गतेदेखि जिल्लालाई शान्त, सुरक्षित र भयरहित समाजकाे निमाण गने कामका साथै थ्रीएस अप्रेसनको सुरुवात गरिएको पाईनछ। हाल जिल्लामा जुवा अखडामाथि चितवन प्रहरी आक्रमक हुन थालेपछि लुकिछिपी जुवाखेलाईएकाे हलला मात्रै छ । पुलिस चनाखो हुँदा र सुरक्षामा कडाइ गर्दा जुवाडेहरुकाे अनते हुन थालेकाे छ ।

जुवातास खेल्नु र खेलाउनु कानून विपरीत कार्य भएको हुदा, समाजमा समेत नकरात्मक असर पर्ने भएकोले जुवातास नखेल्न र नखेलाउन सबैलाई जिल्ला प्रहरी कार्यालय चितवनले पटकपटक अनुरोध गर्दै आएपनि हाे । साथै कहीँ कतै जुवातास खेलिरहेको थाहा भएमा तत्काल नजिकको प्रहरिलाई जानकारी गन समेत चितवन प्रहरीले अनुरोध गदै अाएकाे पाईनछ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )