Daily Archives: 04/11/2018

तमु समाज, कुवेतद्वारा फेरी आर्थिक सहयोग प्रदान ।


कुबेत नेपालडटकम

४ नोवेम्बर २०१८ । आफ्नो भाषा संस्कृति र मौलिक पहिचानको उत्थानको खातिर प्रबासी भूमी कुवेतमा २००९ स्थापना भएको तमुहरुको (गुरुङ) साझा संस्था तमु समाज कुवेतले बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुमा समेत स्थापनादेखी नै अग्रसरता जनाउँदै आएको छ। सामाजिक एवं मानविय कार्यकै शिलशिलामा फेरी पनि तमु समाज कुवेत द्वारा नेपाली रु ७९ हजार ८९४ आर्थिक सहयोग गरेको छ।उक्त सहयोग समाजका सदस्यहरु द्वारा सन्कलन गरी पीडित सल्लाहकार शुक बहादुर गुरुङ ज्युको परिवारलाई प्रदान गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आदीवासी जनजाती महासंघ, कुवेतको तेस्रो ऐतिहासिक अधिवेशन आगामी ३० नोवेम्बर गर्ने ।


कुबेत नेपालडटकम

नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशन यही आउदो आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्था द्वारा आ-आफ्नो जातीय राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित झाकी तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रतुती हरुको साथ सम्पन्न गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्