छायांकन मात्र होइनन् लामा भाई अब निर्देशनमा जम्दै


काठमाण्डौ, सम्बाददाता

कार्तिक १६- लामा भाई (ईस्ट मान वाईबा) अहिले म्युजिक भिडियो छायांकनमा व्यस्त छन् | उनि म्युजिक भिडियो छायांकार मात्र होइनन् एक सफल मोडेल, निर्देशक र सम्पादक पनि हुन् |
नुवाकोटको मेगाङ गाउँ पालिका २, देउराली स्थायी घर भएका २५ बर्षीय लामा भाईले यस सांगीतिक क्षेत्रमा बिगत ५,६ वर्ष अगाडी प्रवेश गरेको थियो भने आधिकारिक रुपमा काठमाण्डौको माछापोखरी स्थित पाटो म्हेन्दो प्रोडक्सन प्रालि कम्पनि संचालन गर्दै आएको भने ३ बर्ष भएको छ | छोटो समयमा नै चर्चित छायांकार बन्न सफल लामा भाई पछिल्लो समयमा आएर थुप्रै म्युजिक भिडियोहरु निर्देशन पनि गरेका छन् | २ हप्ता भित्र लामा भाईले नुवाकोट, धादिङ र काठमाण्डौ गरेर ३ वटा गीतमा निर्देशन, छायांकन र सम्पादन गरेको छ जसमा शान्त लामाको दशैँ गीत र सुष्मिता वाईबाको तामाङ गीत सार्वजनिक गरेको छ भने सुर्य मम्बाको बाबा मर्यो खाडीको पैसले, गयो आमा अन्दो बैशले बोलको मार्मिक नेपाली गीतको भने छायांकन ३ दिन लगाएर हिजो बल्ल सम्पन्न गरेको छ र अहिले सम्पादन कार्य सुरु भैरहेको लामा भाईले बताए |

म्हेन्दोमाया म्युजिक भिडियो अवार्ड २०७५मा उत्कृष्ट छायांकनको अवार्ड समेत पाउन् सफल लामा भाइ बक्स अफिस म्युजिक भिडियो अवार्डमा उत्कृष्ट ५ जना तामाङ मोडेल भित्र पर्न सफल भएको थियो भने म्हेन्दोमाया म्युजिक भिडियो अवार्डमा पनि उत्कृष्ट ५ निर्देशन र सम्पादन भित्र पर्न सफल भएको थियो |

६ वर्ष अगाडी राज वाईबाको एउटा फूललाई बोलको नेपाली म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका लामा भाईले कुवेतमा सुरेश ग्यबा तामाङको चरिकोटको बजारैमा बोलको सेलो गीत र मिलन लामाको घाम लागेको दिन भो मधुरो बोलको लोक गीत हुदै डीबी लोप्चनको मैच्याङको मिठो बोलीले बोलको सेलो गीत र पुष्प वाईबाको खाले रोङ्बा सेम्जोङ ला बोलको म्हेन्दोमाया गीत साथमा शैलप वाईबाको वाईबा राज र रामकृष्ण लामाको दुजिम दुबा बोलको तामाङ गीत लगायत २ दर्जन भन्दा धेरै म्युजिक भिडियोहरुमा अभिनय गरि सकेका छन् | पछिल्लो समयमा तामाङ कथानक चलचित्र प्राङ्नामा समेत उनले सह नायकको भूमिका निभाएको छ | ४ बर्ष अगाडी सुरेश ग्यबा तामाङको टुटुवाने खर्कमा चौरीको गोठ बोलको सेलो गीतबाट छायांकन गरेर सांगीतिक क्षेत्रमा राज गर्न सफल लामा भाईले अहिले सम्म तामाङ सेलो, नेपाली सेलो, तामाङ गीत, म्हेन्दोमाया गीत, लोक, आधुनिक सबै खालको म्युजिक भिडियोहरु गरेर तिन सय भन्दा धेरै छायांकन गरिसकेको छ भने दुई सय भन्दा धेरै सम्पादन र १ दर्जन भन्दा धेरै निर्देशन गरेका छन् | साथमा हास्यकलाकारको रुपमा पनि थुप्रै छोटो चलचित्र र स्टेज शोवहरुमा आफ्नो हास्यव्यंग्य खुराकीहरु पस्केर लाखौ दर्शकहरुको मन जितेका छन् |

सदाबहार रुपमा कलाकरिकताको पहिचानलाई उचाइमा लैजान सधै सक्रिए रहनेमा उनि व्यस्त रहन प्रयास गर्छन् | सबैले मन पराईदिए पछी आफुलाई निकै रमाइलो महसुश भएको र अबका दिनहरुमा अझै मेहनत गर्नु पर्छ भनेर निरन्तर लागि परेको छु | उनले भने | सादा जीवन उच्च विचार राख्ने लामा भाई निकै दयालु र मायालु पनि छन् | बोलि बचन र व्यवहार महत्वपूर्ण गहना हो | यसले गर्दा सबैले मलाई मन पराउँछन | लामा भाई भन्छन् |
सदाबहार मेहनती भएकै कारण यति लामो समय सम्म यसै क्षेत्रमा निरन्तर लागि रहेने प्रतिबद्धता उनको छ | यत्ति मात्र उनको व्यक्तित्व सिमित छैन | उनि एउटा लामा गुरु पनि हो ३,४ बर्ष सम्म लामा गुरु गर्दै बिभिन्न ठाउँहरुमा घेवा, छेवर र नौरण गर्दै हिडेका लामा भाइले पछिल्लो समयमा ५ बर्ष जत्ति पत्रकरिकतामा पनि आफ्नो जिबन बित्य र यस सांगीतिक क्षेत्रमा होमिएको हो |

उनि आफ्नो यात्रा सक्रिय रहन छायांकन/ निर्देशन/ मोडेल र सम्पादनमा मेहनती सहनशीलता र उर्जाशील कलाकार भन्न रुचाउँछन् तपाईहरुको पनि कुनै पनि खालको म्युजिक भिडियोहरु गर्नु परेमा लामा भाई अर्थात् माछापोखरीमा रहेको पाटो म्हेन्दो प्रोडक्सन प्रालिलाई सम्झिनु होला सम्पर्क नम्बर ९८२३५६६३२७ |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )