Monthly Archives: नोभेम्बर 2018

प्रधानमन्त्री ओलीलाई जवाफ– सरकार भेटियो, न्याय भेटिएन


निर्मलाको न्याय माग गर्दै रातारात टाँसियो पोस्टर

१३ मंसिर, काठमाडौं । सरकारद्वारा सार्वजनिक सामाजिक सुरक्षा कार्यक्रमले गाउँ–शहरदेखि सामाजिक सञ्जालसम्मलाई मंसिरको चिसोमा पनि तताइरहेको छ । कार्यक्रम राम्रो भए पनि भड्किलो भएको, बलात्कारपीडितले न्याय नपाइरहेका बेला पोल–पोलमा सरकार भेटिएको भन्दै सरकारप्रति व्यंग्यका वर्षा भइरहेका छन् । नकारात्मक प्रतिक्रियाहरुको भेल लागेपछि प्रधानमन्त्री स्वयं नै प्रतिरक्षामा उत्रिए पनि सवाल–जवाफ रोकिएको छैन । बरु, यो नयाँ कलेबरमा देखापरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

डिजेल चुहावटले सीमा नाघ्यो


दिलीप पौडेल
काठमाडौं – नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ। उक्त डिपोमा निगम सञ्चालक समितिले तोकेको लस टार्गेट (प्राविधिक नोक्सानी) को सीमा नाघेको हो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामै लस टार्गेट नाघेर करिब सबा करोड रुपैयाँको डिजेल र पेट्रोल चुहावट भएको तथ्य फेला परेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

स्वदेशमा काम गर्नेलाई पेन्सन, विदेश जानेलाई टेन्सन !


रविन्द्र घिमिरे
‘वैदेशिक रोजगार कोष’को ६ अर्ब कहाँ छ ? गफै मात्र भयो रेमिट हाइड्रो !
सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम देशभित्रै काम गर्ने श्रमिकहरुका लागि मात्रै हो कि विदेशी भूमिमा पनि काम गरिरहेका नेपालीले यो सविधा पाउँछन् ? अनलाइनखबरको यो प्रश्नमा श्रम मन्त्री गोकर्ण विष्टको सोझो जवाफ छ– ‘विदेशमा काम गर्नेहरुको सन्दर्भमा यो छैन ।’ योगदानमा आधारित समाजिक सुरक्षा योजना विशुद्ध नेपालमा काम गरिरहेका कामदारका लागि हो । अहिलेसम्म सरकारले विदेश बस्ने कामदारको समाजिक सुरक्षाका लागि कुनै योजना ल्याएको छैन । जीर्ण अर्थतन्त्रमा टेको दिने रेमिट्यान्सका सम्वाहक कामदारमाथि अहिलेसम्म राज्यको आँखा पर्न सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

ठूला घोटालामा झोले कम्पनी, एक डलरको कम्पनीसँग २४ अर्बका वाइडबडी खरिद


कृष्ण ज्ञवाली
काठमाडौँ — नेपाल वायुसेवा निगमका दुई वाइडवडी विमान एक डलरको कम्पनी खडा गरेर खरिदबिक्री गरेको भेटिएको छ । निगमलाई दुइ विमान बेचेको आयरल्यान्डको हाईफ्लाई एक्सको पुँजी एक अमेरिकी डलरमात्रै छ ।  उक्त कम्पनी जहाज बिक्रीकै लागि मात्र खडा गरिएको हो । हाईफ्लाई एक्स २०१७ फेब्रुअरी २१ (२०७३ फागुन १०) मा आयरल्यान्डमा दर्ता भएको कम्पनी हो । एक डलर पुँजीको कम्पनीले एयरबस कम्पनीबाट दुइटा वाइडबडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमानिगमलाई बेचेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आमादब्लम हिमालमा ४ हजार किलो फोहर, सफाई अभियान अन्तिम चरणमा


दीपक रिजाल, नाम्चे, सोलुखुम्वु । बिश्वकै सुन्दर हिमालको उपमा पाएको आमादब्लम हिमाल सफाई अभियान अन्तिम चरणमा पुगेको छ ।
सन् १९५३ बाट उक्त हिमाल आरोहण शुरु गरिएको थियो । हिमाल चढ्ने बिदेशी पर्यटकले गरेको फोहरले प्रदूषित भएपछि पहिलोपटक उक्त हिमाल सफाई अभियान शुरु गरिएको हो । जलबायु परिर्वतनका कारण खतराको सुचीमा पर्दै गएका नेपालका हिमालहरुको सुन्दरता र प्रदुषण मुक्त बनाउनका लागि सगरमाथा प्रदुषण नियन्त्रण समितिको अगुवाईमा पहिलोपटक आमादब्लम हिमालको पुरै सफाई अभियान शुरु भएको समितिका आर्थिक तथा प्रशासन प्रमुख निसान श्रेष्ठले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

श्रम स्वीकृतिको सास्ती


राजु स्याङ्तान/ किरण दहाल/ सपना महर्जन

वैदेशिक रोजगारका प्रक्रिया सरल र सहज बनाइरहेको श्रममन्त्री बताउँछन् । तर, ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको भीडले उनको भनाइलाई गिज्याउँछ । त्यसलाई व्यवस्थित बनाउन विभागका महानिर्देशक र प्रबद्र्धन बोर्डका प्रमुखलाई त्यहीं खटाएको अन्तर्वार्ता अन्नपूर्ण पोस्ट्लाई दिएकै दिन अवस्था ठीक उल्टो देखियो । मन्त्रीलाई गुहार्दा पनि काम नबन्ने सेवाग्राही भेटिए, जो धुरुधुरु रोइरहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन्।
पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताएका छन्। सन्देशमा उनले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन्। ‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। पढ्नेक्रम जारी राख्नुहोस्

तेह्रथुम समाज यूकेको बैठक सम्पन्न, मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोग अन्तिम चरणमा ।


सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत

गत २५ नोभेम्बर २०१८ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यूकेले मयङ्लुङ् क्याम्पस भवन निर्माण सहयोगार्थ बैठक साथै उप–सभामुख डा. शिबमाया तुम्बाहाङ्फेज्यूको सम्मान कार्यकम सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्