तमु समाज युएईको ‘फो-ल्होसारमा’ मेलीना राई आउदै


कुबेत नेपालडटकम

युएई –तमु समाज युएईले यो बर्ष मनाउन लागिएको तमु फो-ल्होसार विशेष कार्यक्रममा चर्चित राष्ट्रीय गायिका मेलिना राई आउने भएको छ ।

हिन्दु धर्मलम्बीहरुको महान चाड दशैं र तिहार लगत्तै तमुहरुको महान मौलिक तथा सांस्कृतिक एबं ऐतिहासिक पर्व “तमु फो-ल्होसार” (मृग बर्ग) प्रत्येक बर्ष झैँ यो बर्ष पनि तमु समाज युएईले जनवरी ०४ तारिख २०१९ शुक्रबारका दिन युएईको राजधानी आबुधाबीमा राष्ट्रिय ख्यातिप्राप्त चर्चित गायिका मेलिन राई तथा युएईमा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति साथ भव्य रुपमा तमु फो-ल्होसार मनाउने भएको छ।

उक्त तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रमलाई सफल पार्नको लागि तमु समाज युएईले तमु समाज युएई आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमु – संयोजक,तमु समाज युएईका केन्द्रिय उपाध्यक्ष तथा उद्धार बिभाग प्रमुख नन्द जंग तमु – सह-संयोजक,तमु समाज युएईका महासचिव पबित्रा तमुस्यो – प्रायोजक प्रमुख,तमु समाज युएईका प्रबक्ता मान सिङ तमु – प्रचार प्रसार बिभाग प्रमुख,तमु समाज युएईका सांस्कृतिक बिभाग प्रमुख अमृत तमु – सांस्कृतिक बिभाग प्रमुख र तमु समाज युएईका संरक्षक राजु तमु – व्यवस्थापन बिभाग प्रमुख तोकेको छ।

युएईको आबुधाबी शहरमा जनवरी ०४ तारिख् २०१९ शुक्रबारका दिन आयोजना हुन गइरहेको “तमु फो ल्होसार कार्यक्रम” को निम्ति पुर्व तयारीहरु तीब्र भैरहेको छ भने तमु समाज युएई संग आबद्द हुन चाहाने वा आबद्द भएर सम्पूर्ण तमुहरुको मौलिक तथा सांस्कृतिक एबं महान ऐतिहासिक पर्व “तमु फो-ल्होसार कार्यक्रम” को अन्य जानकारी को निम्ति इच्छुक महानुभावहरु लाई तमु समाज युएईले आव्हान गरेको छ।

उक्त दिन अर्थात जनवरी ०४ तारिख २०१९ शुक्रबारका दिन युएईमा रहेका कुनै पनि संघ सस्थाहरुले सकेसम्म आफ्नो कार्यक्रम नराखी दिन तमु समाज युएईले सम्पुर्ण नेपाली संघ संस्थाहरुलाई अनुरोध समेत गरेको छ भने अन्य संस्थाले पनि कुनै मितिमा अन्य कुनै कार्यक्रमको पुर्व जानकारी तमु समाज युएई लाई भएको वा आएको खण्डमा आफ्नो कार्यक्रम नजुधाउने प्रण तमु समाज युएईले गर्ने तमु समाज युएईका अध्यक्ष उषा तमुस्योले बताउनु भएको छ।

तमु समाज युएईले युएईमा रहनु भएका सम्पुर्ण संघ,संस्थाका प्रमुख,बुद्धिजीवी मानुभाव,दाजुभाइ तथा दिदिबहिनीहरु लाई तमु फो ल्होसार सांस्कृतिक कार्यक्रममा उपस्थिति जनाई कार्यक्रम लाई अझ भव्य र सभ्य पर्नको लागि सादर निमन्त्रणा गरेको प्रवक्ता मानु कोन्मे तमुले जानाकारी दिनु भयो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )