स्याङ्जा सेवा समाज कुवेतद्वारा आयोजित युगल साँझ कार्यक्रम भब्यताका साथ सम्पन्न


कुबेत नेपालडटकम

१३ अक्टोबर २०१८,”सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एकैचोटि दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेत द्वारा चालिएको आर्थिक सहयोग अभियान युगल प्रस्तुति हिजो १२ अक्टोबर २०१८ शुक्रबार को दिन कुवेतको जिलिब अबस्थित पपिन्स हलमा सांगीतिक कार्यक्रम साथ भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको सभापति समाजको अध्यक्ष श्री शिव कोइराला,र प्रमुख अतिथिकोरुपमा नेपाली राजदुतावास बाट पाल्नु भएको द्वतिय सचिव श्री ज्ञान बहादुर मगर,रहेका थिए भने बिशेष अतिथिमाकुबेत मा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो। सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान सँगै समाज को महासचिब श्रवण कुमार गाहा मगरले स्वागत मन्तब्य गर्नु भएको थिए। उक्त कार्यक्रमलाई संचालक सुरेश ग्याबा तमाङ ले संचालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु ले शुभकामना मन्तब्य दिएका थिए । मन्तव्यमा प्रमुख अतिथि ज्ञान बहादुर मगर,ले यस सांगीतिक कार्यक्रमको उदेश्य अत्यन्तै पबित्र रहेको र यस कार्यमा सफलताको शुभकामना दिदै यस किसिमको संस्कृतिक कार्यक्रमले आफ्नो संस्कृति पहिचानलाइ सम्रक्षणको लागि बिशेष भूमिका रहनेमा बिस्वस्त रहेको बताउनु भयो। भने एम्बुलेन्स हस्तान्तरण उल्लेखनीय कार्य गतिविधि तथा आर्थिक कारो’bout मा समाज को महासचिब श्रवण कुमार गाहा मगरले प्रस्तुत गरेका थिए ।

कार्यक्रम लाई भब्य र सब्य बनाउन को लागि स्याङ्जा समाज को कलाकार भाई बहिनी सचिन तमु,र उमा तमुस्यो ले सालै ज्यु भाको गीत मा नृत्य ले उपस्ति सम्पूर्ण लाई भरपुर मनोरन्जन दिलएको थिए। त्यसतै गरी कमेडी डान्सर श्री ललित पुन मगर ले उपस्थित दर्शकहरु लाई आफ्नो हाँस्य प्रस्तुति मार्फत निकै माहोल तताएको थियो। भने म्बुलेन्स आर्थिक सहयोगको संकलनका अभियन्ता तथा लोक पप गायक श्री बि बि मल्ल ठकुरी ले आफ्नो नयाँ पुरनो चर्चित गीतहरुले दर्शक नचाएको थियो ।

यूरोप बाट पाल्नु भएका अतिथी पप तथा आधुनिक गायक तुल्सी शिवाकोटी देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो पहिचान बानाउन सफल गायक तुल्सी शिवाकोटी को क्रेज दर्शकको साथ शुरुदेखी अन्त्यसम्म पनि बराबर साथ पाइरहनु भयो । उनले देशभक्ति,पप गीत,आधुनिक गीतरिमिक्स स्टाइल को गीत हरु गएर दर्जनभन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । दर्शकले अन्त्यसम्म ‘वान्स मोर, वान्स मोर’ भनि नै रहे।

समाज ले विशेष योगदान गरेका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थिए । यूरोप बाट पाल्नु भएका अतिथी तुल्सी शिवाकोटी, म्बुलेन्स आर्थिक सहयोगको संकलनका अभियन्ता तथा लोक पप गायक बि बि मल्ल ठकुरी लाई माया को चिनो सरुप सम्मानपत्रबाट खदा/ दोसल्ला ओढाएर सम्मान गरेको थियो।

कार्यक्रमका अन्तम सभापति तथा समाजका अध्यक्ष शिव कोइराला ले प्रमुख अतिथि, विशेष अतिथिहरु, यूरोप बाट पाल्नु भएका अतिथी पप तथा आधुनिक गायक तुल्सी शिवाकोटी लगायत सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रम मा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष या परोक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, नेपाली दूतावास, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँहरुको सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि स्याङ्जा सहयोग सेवा समाज कुवेत बाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरुको यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापन गरेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )