Daily Archives: 10/10/2018

वामदेवले काठमाडौँ ७ बाट चुनाव लड्ने , राजीनामा दिँदै रामवीर


काठमाडौँः बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने भएका छन् । डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् । वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएको सांसद रामवीर मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको जानकारी नेकपा उच्च स्रोतले दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विधिवत रुपमा दसैं सुरु, आज घटस्थापना


हरिराम उप्रेती
गोरखा दरबारमा घटस्थापना गरेर जमरा राखियो
गोरखा — वडा दसैंको पहिलो दिन आज बुधबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरेर घटस्थापना गरिएको छ । गोरखाको ऐतिहासीक गोरखा दरबारमा विधिपूर्वक पुजा गरेर ७:१५ को उत्तम साइतमा जमरा राखियो ।  घडी पला अनुसार उत्तम साइतमा भगवति कालिकाको जमरा कोठामा जमरा राख्यौँ,’ गोरखा दरबार हेरचाह अड्डका रामेश्वर कट्टेलले भने। जमरा राखेपछि १५ दिन सम्म विषेश पुजा हुने गोरखा दरबारका पुजारी प्रदिप योगीले बताए। ‘समान्य र विशेष दुईवटा पुजा गर्नुपर्छ,’ उनले भने। पढ्नेक्रम जारी राख्नुहोस्