स्याङ्जा सहयोग समाज कुवेतले आयोजना गरेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा


कुबेत नेपालडटकम

कुवेत – स्याङ्जा सहयोग समाज कुवेतले आयोजना गरेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान ” भन्ने मूल नाराका साथ स्थापित स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एकै पटक दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्ने उद्देश्यले आर्थिक संकलन अभियान गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अभियन्ता बि बि मल्ल ठकुरीले बताए ।

आउँदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाजले आयोजना गरेको युगल साँझ कार्यक्रम लाई आ-आफ्नो ठाउँबाट साथ-सहयोग गर्दै सफल बनाउन अभियन्ता बि बि मल्ल ठकुरीले अनुरोध गरेका छन् साथै युगल साँझ कार्यक्रमको लागि सम्पुर्ण कुवेत बासीहरु लाई निमन्त्रणा गरिसकेको र यदि निमन्त्रणा नपायको खण्डमा यसै समाचार लाई आधार मानी उपस्थिति हुनको लागी अनुरोध समेत गरेका छन् ।

युगल साँझका अतिथी गायक तुल्सी शिवाकोटी यही आउँदो बिहिवार अर्थात ११ अक्टोबर २०१८ को दिन स्थानिय समय अनुसार बिहान १:१५ बजे कुवेत एयरपोर्टमा अवतरण हुने हुँदा संघ संस्थाको प्रतिनिधि,पत्रकार,खेलाडी,कलाकार, समाजसेवी साथै सम्पुर्ण कुवेत बासीहरु लाई स्वागतको लागी एयरपोर्ट मा उपस्थित हुन् स्याङ्जा सहयोग समाज कुवेतले हार्दिक अनुरोध गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )