Daily Archives: 09/10/2018

स्याङ्जा सहयोग समाज कुवेतले आयोजना गरेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा


कुबेत नेपालडटकम

कुवेत – स्याङ्जा सहयोग समाज कुवेतले आयोजना गरेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । सुनौलो बिहान स्याङ्जा निर्माणमा हाम्रो अभियान ” भन्ने मूल नाराका साथ स्थापित स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एकै पटक दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्ने उद्देश्यले आर्थिक संकलन अभियान गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अभियन्ता बि बि मल्ल ठकुरीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

किन बढ्दैछ डलरकाे भाउ ?


काठमाडौँ — राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर एक सय १८ रुपैयाँ ८० पैसा तोक्यो  । यो हालसम्मकै उच्च हो  । सन् २०१८ सुरु भएपछि निरन्तर रूपमा डलर बलियो बन्दै गएको छ । यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमय दर करिब एक सय १९ रुपैयाँ नजिक पुगेको हो । पछिल्ला दिनहरूमा डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ । सोमबार एक सय १८ रुपैयाँ ३३ पैसा पुगेको डलर मंगलबार एक सय १८ रुपैयाँ ८० पैसा पुगेको हो । राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको (खरिद दर) एक सय १८ रुपैयाँ २० पैसा तोकेको छ । यो पनि हालसम्मकै उच्च हो । पढ्नेक्रम जारी राख्नुहोस्

समानुपातिक सांसद् भन्छन्–रकम पाइएन, निर्वाचित सांसदलाई ४ करोडले पुगेन


गंगा बराल,
सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७५ प्रकाशन गरेको छ । जेष्ठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गर्नुभएको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा नै प्रत्येक क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सांसदले ४ करोड रुपिँया पाउने उल्लेख गरिएको थियो । रकम व्यवस्थित ढंगले वितरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज १७ गते राजपत्रमा सूचना प्रकाशित गरी मापदण्ड सार्वजनिक गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्