Daily Archives: 08/10/2018

दसैं मनाउन फर्किन थाले मुग्लानी


सलमान खान
भैरहवा : रोजगारीका क्रममा भारत गएका नेपाली कामदार स्वदेश फर्किने क्रम सुरु भएको छ। स्थलमार्ग हुँदै फर्किएका मुग्लानीका कारण बेलहिया नाका आजभोलि व्यस्त हुने गरेको छ। भारतको हरियाणास्थित होटलमा कार्यरत पर्वतका ४१ बर्से कृष्णबहादुर पाण्डे बेलहिया बसपार्कमा भेटिए। उनले भने, ‘परिवारसँग दसैं मनाउन नपाएको २ वर्ष भइसकेको थियो, यसपालि त जसरी नि परिवारसँगै मनाउँछु भनेर आएँ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

निर्मला हत्या प्रकरणः सुरूवाल पखाल्ने चाँदनी साउद र अनुसन्धान अधिकृत हरसिंह धामी निलम्बित


काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरको भीमदत्तगरपालिका –२ महुलीयाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा थप दुईजना प्रहरीलार्इ निलम्बन गरेको छ । निर्मलाको सुरूवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र घटनास्थल अनुसन्धान (क्राइम सिन) गर्ने अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेविसंघमा ३२ वर्षे उमेर हदः कुन्दन आउट ! प्रेमराजलाई चिठ्ठा


२२ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो । तर, यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवा इतरको रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत नेताले नोटअफ डिसेन्ट लेखेका छन् । ११ औं महाधिवेशनबाट स्वीकृत विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने उल्लेख थियो । तर, महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा ३२ वर्षे उमेर हद हटाउन पार्टीलाई आग्रह गर्‍याे । पढ्नेक्रम जारी राख्नुहोस्