Daily Archives: 04/10/2018

एम्बुलेन्स रातभर जाममा, बिरामीको बाटैमा मृत्यु


मनीष दुवाडी
धार्के : चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लाने क्रममा एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ।  नौबिसे–नागढुङ्गा सडकखण्ड पार गर्न घण्टौँ लागेपछि बिरामीको बुधबार बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघर भन्ने ठाउँमा पुगेपछि मृत्यु भएको हो। चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीलाई भरतपुरस्थित एक निजी अस्पतालले काठमाडौं रिफर गरेको थियो। तर नागढुङ्गा–नौबिसे सडकखण्डमा घण्टौ जाम हुँदा बिरामीको एम्बुलेन्समै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नौबिसे–नागढुंगा सडक मर्मतले रातभरि सडकमै


यात्रुको आक्रोश– कहिलेसम्म यस्तो कष्ट सहने ?
ठेक्का असार मसान्तमै काम सक्ने गरी, काम बल्ल सुरु
विमल खतिवडा
काठमाडौँ — नसासम्बन्धी रोगको उपचार गर्न मंगलबार बुटबल खैरहनीबाट हिँडेका ७३ वर्षीय भीमलाल भण्डारी बुधबार बिहानसम्म काठमाडौं आइपुगेका थिएनन् । बिहान करिब ५ बजे उनी नौबिसे–नागढुंगा उकालोको झयाप्ले खोलामा थिए । छिटो अस्पताल पुग्न छिमेकी प्रदीप भण्डारीको गाडीमा अघिल्लो दिन बिहान ६ बजे हिँडेका उनी भोलिपल्ट बिहान गाडीभित्रै छटपटाइरहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्