Daily Archives: 01/10/2018

निर्मला बलात्कार-हत्या : डीएनए परीक्षण किन प्रहरी प्रयोगशालामा ?


दिनेश गौतम
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो । अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ । यसले आशंका थप बढाएको छ।कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ । अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन् । तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन् । पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएन, प्रहरीकै विधि विज्ञान प्रयोगशालामा गरियो । निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा भने नेगेटिभ आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

इन्डोनेसिया भूकम्प : मृतकको संख्या ८३२ पुग्यो


बीबीसी
पालु — इन्डोनेसियाको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियाली विपद् व्यवस्थापन निकायले सुरुमा आकलन गरिएको भन्दा निकै ठूलो क्षेत्र प्रभावित भएको जनाएको छ । संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले ‘कपितय भग्नावशेषमा अझै ठूलो संख्यामा मानिसहरू फसेको’ जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्