निरेम प्रोडक्सन कुवेतले चेपाङ समुदायको लागी कपडाहरु संकलन गर्ने


कुबेत नेपालडटकम

कुवेत- निरेम प्रोडक्सन कुवेतले चेपाङ समुदायको लागी कपडाहरु संकलन गर्ने भएको छ । निरेम प्रोडक्सनकुवेतले कुवेतवासी नेपालीहरु बाट चेपाङ समुदायको लागी लत्ताकपडाहरु संकलन अभियान चलाउने निरेमप्रोडक्सनका संचारकर्मी राज मल्ले बताए ।

कुवेतबाट संचालित निरेम प्रोडक्सनले बिभीन्न समयमा नेपालका अनेकन समस्याहरुमा बिगत देखिनै सक्दो सहयोग गर्दै आएका छ । गास ,बास ,कपासको समस्या भोगी रहेका गरिब तथा पिछडिएका चेपाङ समुदायको लागी गासबास नभए पनि कपासको ब्यबस्था गर्ने संकल्प सहित कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहीनिहरु माँझआउने मल्लले बताए ।

को हुन त् ? चेपाङ समुदाय ।

नेपालको अति नै सीमान्तकृत जातिको सूचिमा छैटौं नम्वरमा रहेको जाति हो चेपाङ । जनगणना ०६८ अनुसारनेपालमा ६८ हजार ९६० चेपाङ जातिको जनसंख्या छ । चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडीभेगमा बसोबास गर्ने चेपाङ (प्रजा) जातिका आफ्नै दुःख छन्

चार महिनाभन्दा बढी खान नपुग्ने, आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता सुविधाबाट वञ्चित बनेको यो जातिकोगिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु दिनचर्या नै हो । खानेकुरा नपाएर जंगली च्याउ खाँदा परीवार नैसखाप भएका घटनाहरू पनि चितवनमा हुँदै आएका छन् । सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउने, अत्यन्तगरीबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ ।

कपडाहरु संकलन गरेर चेपाङ समुदाय सम्म पुर्याउन बिगतमा जस्तै यस पटक पनि कुवेतवासी नेपालीहरु लाई सहयोगको लागी निरेम प्रोडक्सन परिवारले अनुरोध गरेको छ । उक्त अभियान १५ अक्टूबर २०१८ बाट सुरु भइ१५ नोभेम्बर २०१८ सम्म चल्ने छ ।

सम्पर्क नम्बर ,

प्रेम जिमि -67601970

राज मल्ल -60067572

रुपेन हमाल – 55027806

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )