किशोरी बलात्कार र हत्या प्रकरण : ‘भेजीनल स्वाब’मा भेटिएको डीएनएसँग एसपी विष्ट लगायत अन्य दुईको पनि डीएनए मिलेन


जनकराज सापकोटा
काठमाडौँ — कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको क्रममा गरिएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए ‘भेजिनल स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट आएको छ । ‘भेजिनल स्वाब’मा भेटिएको डीएनएसँग निलम्बित एसपी डिल्लीराज विष्टको डीएनए मेल नभएको पाइएको छ । अनुशन्धानमा लापरवाही गरेको आरोपमा उनी लगायत केही प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ ।
प्रहरीको फोरेन्सीक ल्याबमा गरिएको तीनैजनाकै डीएनए परिक्षणमा कसैको पनि स्याम्पल ‘स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट ल्याबले शुक्रबारनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइसकेको छ।

प्रहरीले मुख्य अभियुक्तका रूपमा उभ्याएका दिलीपसिंह विष्टको डीएनए म्याच नभएसँगै उनीहरु तीनजना माथि नै श‌ंका गरेर परिक्षण गरिएको थियो। प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीका अनुसार घटना’bout अनेकन तथ्य आएका छन् तर त्यसलाई पुष्टि गर्ने आधार कतैबाट जुट्न सकेको छैन।

सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको छानबिन गर्न यसअघि संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न एआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ। (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )