राज मल्ल ,कुवेत
कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । बेलवारी -५ मोरंगकि अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ ।
घरेलुकामदारको रुपमा करिव ७ महीना पहीला कुवेत आएकि फुलमाया आइतवार मात्र स्पोन्सरको घरबाट भागेर इलिगल भइ जिलिव पुगेर कामको खोजिमा बसेको जनाइएको छ ।
फुलमायाको पोष्टमाटम रिपोटमा करेन्ट लागेर मृत्यू भएको जनाइएपनि आफै लगाएको वा लागेको भन्ने वारे केही खुलेको छैन ।दूतावास कुवेतमा प्रथम सचिब तथा सुचना अधीकारी भोगेन्द्र लिंगदेनका अनुसार मृतकको परिवार सम्पर्कमा आइसकेको र जति सक्दो सव नेपाल पठाउने तयारी रहेको बताएका छ।