प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच दुई मिनेट भेटवार्ता


न्युयोर्क । सप्ताहब्यापी न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच २ मिनेट भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आयोजना गरेको रिसेप्सनमा प्रधानमन्त्री ओली र प्रधानमन्त्रीपत्नी राधिका शाक्य सहभागी भएको राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघ महासभाका बेलामा अमेरिकी राष्ट्रपति राष्ट्रप्रमुखहरुका लागि रिसेप्सेन पार्टीको आयोजना गर्ने प्रचलन रहेको छ । जस अनुसार विश्वका विभिन्न देशका राष्ट्रप्रमुखहरु र अमेरिकी राष्ट्रपतिबीच फोटो सेसनको कार्यक्रम हुनेगर्छ । प्रधानमन्त्री ओली दम्पत्तिले पनि अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्तिसँग फोटोसेसन गरेकी छन् ।

राष्ट्रसंघ महासभाको बेलामा अमेरिकी राष्ट्रपतिले आफूले महत्व दिएका राष्ट्रप्रमुखहरुलाई रिसेप्सनबाहेक छुट्टै पनि भेट्ने गर्छन् । यद्यपी रिसेप्सनमा हुने भेटघाट सामान्य औपचारिकतामात्र हुने गर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका प्रधामन्त्रीलाई छुट्टै भेट्ने भने कुनै कार्यक्रम रहेको छैन ।
(नेपाल समाचार पत्र )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )