Daily Archives: 23/09/2018

मलेसियामा गैरकानुनी कामदारविरुद्ध थप ‘कडाइ’


३० हजार कामदार र हजारभन्दा बढी रोजगारदाता पक्राउ
भिसामा उल्लेख गरिएभन्दा फरक कम्पनी तथा स्थानमा काम गर्ने कामदार पनि पछिल्ला समय धरपकडको निशानामा परेका छन् ।
मलेसिया — गैरकानुनी आप्रवासी कामदारहरुविरुद्ध मलेसियाले थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन:भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि गत जुन ३० मा सकिएलगत्तै मलेसियाले संचालन गरेको ‘ओपिएस थ्री’ (ओप्स ३.०) नामक कारबाही अभियान जारी छ । पछिल्ला समय स–साना कम्पनीदेखि हजारौं कामदार कार्यरत ठूला–ठूला कम्पनीहरुमा समेत धरपकडको निशाना बनाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एक सय वर्षपुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले दिइन् शुभकामना


काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्ष पुगेका छन् । राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मोत्सवको शुभकामना दिएकी छन् ।आज विहान राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले उनलाई बधाई दिँदै उपहार प्रदान गरेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा स्पोन्सरको छोराद्वारा छुरी प्रहार गरी नेपाली घरेलु महिला कामदारको हत्या,संपर्कमा आउन परिवारलाई दुताबासको आग्रह


कुबेत नेपालडटकम

हरि कृष्ण न्यौपाने- कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल माया राइको ३-अगस्ट-२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा प्रहार गने कुवेती नागरिक जेलमा रहेको र घट्नाको थप अनुसन्धान भईरहेको बताइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्