Daily Archives: 20/09/2018

नेता लर्को लागेर विदेश यात्रामा


वसन्त खड्का
काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन्। भदौ ३० गते चीन गएका दाहाल स्वदेश फर्किए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता विदेश जाने तयारीमा छन् । प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन्। उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि अमेरिका जाँदैछन्। प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विषाक्त मदिराले नेपाली मृत्यु प्रकरण : मलेसिया प्रहरीद्वारा १४ सय बोतल मदिरा बरामद


मलेसियामा बिषाक्त मदिरा सेवनले ६ जना नेपाली सहित २१ जना आप्रवासीको मृत्यु भएपछि त्यहाँको प्रहरीले १४ सय बोतल मदिरा बरामद गरि छानवीन अघि बढाएको छ । मलेसियाका कार्यबाहक राजदूत कुमारराज खरेलका अनुसार, घटनाको अनुसन्धानका लागि सेलांगोर राज्य प्रहरीले उच्चस्तरिय छानवीन समिति गठन गरेको हो । शुक्रबारसम्म छानबिन प्रतिवेदन सार्वजनिक हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

कर्णाली पर्यटन वर्ष घोषणामै सीमित


सुस्तायो महत्त्वाकांक्षी योजना
प्रकाश अधिकारी
सुर्खेत — प्रदेश सरकारले वैशाख १ मा रारा किनारबाट घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष’ को लक्ष्य थियो– एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने । घोषणाको पाँच महिना बितिसक्यो, कर्णालीमा कति पर्यटक भित्रिए अत्तोपत्तो छैन । सरोकारवाला भन्छन्, ‘योजना अत्यन्तै महत्त्वाकांक्षी हो, कार्यान्वयन फितलो भयो ।’ पढ्नेक्रम जारी राख्नुहोस्