Daily Archives: 18/09/2018

बालकको अाँखाकाे अप्रेसनको लागि आर्थिक संकट, नमुना बिश्वकर्मा समाज कुवेतले अभियान चलाउने


कुबेत नेपालडटकम

 नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि. क बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा नजिन बि.क को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा क्यान्सर भएर अाँखाकाे ज्योती समेत गुमेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अख्तियार प्रमुख सिफारिस घिमिरेको सुनुवाई बिहीबार, परेनन् उजुरी


नरेन्द्र साउद

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ। संसदीय विषेश सुनुवाई समितिको मंगलाबार बसेको बैठकले घिमिरेलाई बिहीबार दिउसो १ बजे सुनुवाईका लागि बोलाएको हो। घिमिरेविरुद्ध हालसम्म समितिमा कुनै पनि उजुरी नपरेकाले समितिले उनलाई सिधै सुनुवाइका लागि बोलाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

संगठित मानव तस्करी : सहयोगी थुनिन्छन्, मुख्य अभियुक्त बाहिरको बाहिरै


जनकराज सापकाेटा
काठमाडौँ — महानगरीय प्रहरी अपराध महाशाखाले संगठित मानव तस्करीमाथि कारबाही सुरु गरेको तीन महिना भइसक्दा पनि विस्तृत अनुसन्धान अगाडि बढाएको छैन । महाशाखाले तस्करी घटनामा जोडिएका सहायक पात्रलाई पक्राउ गरेर मुद्दा चलाएको दुई महिना भइसकेको छ तर मुख्य व्यक्ति अझै समातिएका छैनन् । अमेरिका र क्यानाडामा बसेर संगठित मानव तस्करीको गिरोह सञ्चालन गरेको आरोप लागेका सुदर्शन गौतमको आश्वासनमा रकम फसाएकाहरू पक्राउ परे पनि रकम उठाउन निर्देशन दिने र जिम्मा पाएकाहरू पक्राउ परेका छैनन् । महाशाखाले असार पहिलो साता बाग्लुङ रिगाका सागर श्रीस, ओखलढुंगाका अनिल बानियाँ, काठमाडौंका सुरज काफ्ले र म्याग्दी निस्कोटका लेकबहादुर पुनलाई पक्रेको थियो । तीमध्ये सागर श्रीस यसअघि पनि मानव तस्करीको मुद्दामा पक्राउ परेर छुटेका हुन् भने लेक, अनिल र सुरज मानव तस्करी घटनामा प्रत्यक्ष संग्लन देखिँदैनन् । पढ्नेक्रम जारी राख्नुहोस्