तमू समाज कुवेतको चौथो अधिवेशन यही आउदो शुक्रबार (२१ सेप्टेम्बर २०१८) सम्पन्न हुँदै


कुबेत नेपालडटकम

पहिचान, बिकास र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा सहित तमु हरु को साझा संस्था तमू समाज कुवेतको चौथो अधिवेशन यही आगमी शुक्रबार, २१ सेप्टेम्बर २०१८ को दिन बेलुकी ४ बजे देखी कुबेत को फ़र्वनिया स्थित सेफ नौशाद सिग्नेचर रेस्टरेंट फ़र्वनिया मा रात्री भोज सहित एक बिशेष कार्यक्रम बिच सम्पन्न हुँदै छ ।

स्थापनाकाल देखीको यो चौथो कार्यकालको लागि हुन गै रहेको अधिवेशन द्वारा नयाँ कार्यसमिती चयन् गरी समाजलाई नौलो गतीमा लैजाने अनुमान गरिएको छ ।तमू सास्क्रितीक पर्व ‘तमू ल्होसार तथा ‘सामुहिक रक्तदान’ जस्तो मानविय कार्यको आयोजना तमू समाज कुवेतको वार्षिक क्यालेन्डरमा रहेका मुख्य कार्यक्रमहरु हुन यसका साथै कुवेतमा कृयाशिल बिभिन्न संघ सस्थाहरु सँग हातेमालो गर्दै सामाजिक कृयाकलापहरुमा सहभागीता जनाउनु, आफ्नो भाषा, धर्म र सस्क्रिती प्रती उत्प्रेरणा जगाउन समाज भित्र बिभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ।

चौथो कार्यकालको लागि यही शुक्रबार, २१ सेप्टेम्बर २०१८ को दिन सैफ नौशाद सिग्नेचर रेस्टरेंट फ़र्वनिया मा रात्री भोज सहित एक बिशेष कार्यक्रम बिच सम्पन गर्न गैरहेको हुँदा सो आवसरमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ । फर्वानियामा सम्पन्न हुन गै रहेको समाजको अधिवेसनमा सहभागी भै आफ्नो सक्षमता अनुरुप कार्यभार बहन गरी समाजलाई अघी बढाउन कुवेतमा कार्यरत सम्पूर्ण तमू दाजुभाइ तथा दिदी बहिनीहरुमा तमू समाजले हार्दिक आग्रह गरेको छ ।

यस अधिवेशनलाई सफल बनाउन कुवेतमा क्रियाशील नेपाली संघ संस्था, पत्रकार,कलाकार, बुद्धिजिवी, समाजसेवी, तथा सम्पूर्ण मा निमन्त्रणा मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितभई दिन आयोजक तमु समाजले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम : चौथो महाधिवेशन
मिति : २१ सेप्टेम्बर २०१८, शुक्रबार
समय : बेलुकी ठिक ४:०० बजेदेखी
स्थान : (Chef Naushads – Signature Restaurant) सेफ नौशाद सिग्नेचर रेस्टरेंट फ़र्वनिया, अलघानिम बिल्डिङ सँग जोडीएको बिल्डिङ फर्वानिया कुबेत
आयोजक : तमु समाज कुबेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )