अमेरिकामा भीषण आँधीबेहरीको अनुमान, तीन राज्यमा संकटकाल


काठमाडाैं । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा ठूलो आँधीबेहरी आउने अनुमान गरिएको छ । विशेषज्ञहरूको अनुसार बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक विशाल आँधीबेहरी आउने अनुमान गरिएको हो । करिब दुई दशकपछि यस क्षेत्रमा आउँदै गरेको यो शक्तिशाली आँधीबेहरी हो । यो आँधीलाई क्याटागोरी–४ र सोभन्दा पनि माथि पुग्नसक्ने सम्भावना औंल्याइएको छ । १५७ माइल अर्थात् २१५ किमी प्रतिघन्टाको गतिले आउने यो तुफानले बिजुलीका खम्बा लडाउने छ, तार छिन्नभिन्न बनाउने अनुमान गरिएको छ ।

फ्लोरेन्स नामक सो आँधीले आउने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन राज्यमा आपतकालीन स्थितिको घोषणा गरेका छन् । अमेरिकाका नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जि्नियामा सङ्कटकालको घोषण गरेका हुन् ।

आँधीले व्यापक असर पर्ने अनुमान गरिएको छ । यसबाट अकल्पनीय रूपमा धेरै धन जनको विनाश हुने अनुमान गरिएको छ । त्यसैले यी तीनै राज्यका विशेषतः सामुद्रिक तटीय क्षेत्रमा बसोबास गर्ने करिब १७ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको छ ।
(नेपाल समाचार पत्र )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )