Daily Archives: 13/09/2018

निर्मलाका बाबु भन्छन् : प्रधानमन्त्रीले सौतेलो व्यवहार गरे, हामीलाई न्याय देऊ


काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बाबुले आफूहरुलाई प्रधानमन्त्रीबाटै सौतेलो व्यवहार खेप्नुपरेको बताएका छन् । एपीवान एचडीको एपी टक टाइममा बिहीबार बिहान कुरा गर्दै उनले न्याय पाउने अवस्था नभएकैले आफू पत्नीसहित काठमाडौँ आइपुगेको बताए । प्रधानमन्त्रीले निर्मला हत्याकाण्डको छानबिन गर्न नदिएर सरकारलाई अवरोध गरेको भनी सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले आफूहरुको चित्त दुखेको बाबु यज्ञराज पन्थले गुनासो गरे । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अमेरिकामा भीषण आँधीबेहरीको अनुमान, तीन राज्यमा संकटकाल


काठमाडाैं । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा ठूलो आँधीबेहरी आउने अनुमान गरिएको छ । विशेषज्ञहरूको अनुसार बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक विशाल आँधीबेहरी आउने अनुमान गरिएको हो । करिब दुई दशकपछि यस क्षेत्रमा आउँदै गरेको यो शक्तिशाली आँधीबेहरी हो । यो आँधीलाई क्याटागोरी–४ र सोभन्दा पनि माथि पुग्नसक्ने सम्भावना औंल्याइएको छ । १५७ माइल अर्थात् २१५ किमी प्रतिघन्टाको गतिले आउने यो तुफानले बिजुलीका खम्बा लडाउने छ, तार छिन्नभिन्न बनाउने अनुमान गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्