Daily Archives: 12/09/2018

निर्मला हत्याकाण्डको अनुसन्धान अब कता ?


शिवराज भट्ट
धनगढी : १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका मुख्य आरोपी दिलिपसिह विष्ट साधारण तारेखमा छुटेपछि हत्याकाण्डले नयाँ मोड लिएको छ। दिलिप र निर्मलाको डिएनए प्रोफाइल नमिलेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिलको कार्यालयको परामर्शपछि उनलाई मंगलबार रिहा गरेको जनाएको छ। दिलिपसँगै बम दिदी वहिनी पनि रिहा भएका छन्। दिदी अनिता बमलाई ३० हजार रुपैयाँ धरौटी एवं दिलिप र बहिनी रोसनीलाई साधारण तारेखमा प्रहरीले मंगलबार रिहा गरेको हो। घटनाको सुरूदेखि प्रहरीको ब्यवहारमा धेरैले आशंका गरेका थिए। तत्कालिन प्रहरी उपरिक्षक दिल्लीसिंह बिष्ट, केन्द्रबाटै आएका अंगुर जिसी नेतृत्वको सीआइबी टोली, प्रदेशभरका ‘एक्सपर्ट’ प्रहरी अधिकृतले गरेको अनुसन्धान खोक्रो सावित भएपछि अनुसन्धान कता जाने हो ? कौतुहलको विषय बनेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

साफ च्याम्पियनसिप : इतिहास रच्न आतुर


हिमेशरत्न वज्राचार्य
ढाका — प्रशिक्षक बालगोपाल महर्जनलाई विश्वास गर्ने हो भने बुधबार नेपाली फुटबलका लागि ऐतिहासिक साबित हुँदै छ । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन ।
‘अब नयाँ इतिहास रचिने छ, हामी फाइनल पुग्नेछौं,’ प्रशिक्षक महर्जनले खुबै आत्मविश्वाससँग भनेका छन् । यसपल्ट अन्तिम चारमा नेपालको प्रतिद्वन्द्वी छ माल्दिभ्स । माल्दिभ्स त्यही टिम हो, जसका विरुद्ध साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म जित निकाल्न सकेको छैन । यस्तोमा कसरी सम्भव हुन्छ त माल्दिभ्सविरुद्ध जित ? यसका आधार के हुन् त ? इतिहासकै प्रसङ्गमा सबैभन्दा पहिला पुराना दिनका कथा कोटयाउनु ठीक हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

भन्सार छलेर नेपाल ल्याउँदै गरेको बाह्र करोड बढीकाे सामाग्री बरामद


काठमाडौँ । नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ ।
प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष वैशाखदेखि साउनसम्मको अवधिमा रु ३१ करोड ८९ लाख सात हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । सो अवधिमा ६ लाख ११ हजार ३०६ सवारीसाधनका धनी र चालकलाई कारबाही गरिएको छ । गत वर्षको चार महिनामा पाँच लाख २६ हजार ६६४ सवारीसाधनका धनी तथा चालकलाई कारबाही गरिएको थियो । प्रहरीले चार महिनामा एक हजार ९१९ किलो गाँजा बरामद गरेको छ । गत वर्ष सो अवधिमा ७०६ किलो गाँजा बरामद गरेको थियो । यस्तै चरेश ३४० किलो, हिरोइन दुई किलो र अफिम ११ किलो बरामद गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्