के होला यी दुई तस्वीरको अर्थ ? मोदीको नयाँ चाल


काठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सचिवालयले सार्वजनिक गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोदीबीचको भेटवार्ताको तस्बिरले छ महिना अगाडिको एउटा दृष्य झल्काइदिएको छ । मोदीले छ महिना अगाडि नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेटघाट गरेकै शैलीमा प्रचण्डलाई शनिबार भेटवार्ता गरेका छन् । त्यति मात्रै होइन मोदीको सचिवालले संयोग नै मिल्ने गरेर मोदी–प्रचण्डको तस्बिर ठ्याक्कै मोदी–ओलीकै जस्तो सार्वजनिक गरेको छ । यो तस्वीरको रहस्य के छ भन्ने’bout धेरैले अनुमान खोज्न थालेका छन् ।

सामाजिक सञ्जालमा भारतले ओली र प्रचण्डलाई पदमा नहुँदा पनि समान हैसियत दिएको भनेर मोदीको आलोचना गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा पुगेका ओलीले मोदीबाट राजकीय सम्मान पाउनु स्वभाविक हो ।

तर, मोदीले प्रचण्डलाई झण्डै राजकीय सम्मानको झल्को आउने गरेर महत्व दिनुलाई भारतले नेपालको राजनीतिमा आन्तरिक दख्ल दिन खोजेको भनेर टिकाटिप्पणी हुन थालेको छ ।

भारतीय प्रधानमन्त्री मोदी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष प्रचण्डको तस्वीरभित्र केही न केही रहस्य रहेको ट्वीटर र फेसबुकमा टिप्पणी हुन थालेका छन् ।

२०७४ साल चैत २३ गते प्रधानमन्त्री ओली र मोदीबीच सोही स्थानमा भेटवार्ता भएको थियो । ६ महिनापछि शनिबार अर्थात भदौ २३ नेकपा अध्यक्ष प्रचण्डसँग पनि मोदीले झण्डै उस्तै पोशाकमा भेटेका छन् ।

उनीहरूका बीच शनिबार दिउँसो नयाँदिल्लीको लोक कल्याण मार्गस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको थियो । ओलीसँगको भेटवार्तामा मोदी जस्तो पोशाकमा थिए, प्रचण्डसँगको भेटवार्तामा पनि झण्डै उस्तै पोशाकमा देखिए ।

प्रचण्डले कालो कोट, कालो पाइन्ट, कालो जुत्ता र रातो टाई लगाएका छन् । मोदीले सेतो कुर्ता पाइजामा लगाएका छन् । ओलीसँगको भेटमा मोदीले कुर्ता पाइजामामाथि इष्टकोट पनि लगाएका थिए । मोदी साधारण चप्पलमा छन् ।

मोदीले लगाएको कपडा भारतीय नागरिकको पोशाभित्र पर्छ । तर, प्रचण्डले नेपाली पोशाक लगाएका छैनन् । प्रधानमन्त्री ओलीले मोदीसँग छ महिना अगाडि भेट्दा दौरा, सुरुवाल, कोट र टोली लगाएका थिए ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )