Daily Archives: 09/09/2018

नापीको नक्सामै लिम्पियाधुरा गायब


सुरेन्द्र काफ्ले
काठमाडौं : कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ । तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ । भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छोड्दै गएको पाइन्छ । नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी हुन् । सुगौली सन्धिमा पनि त्यही छ । तर, पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको हस्तक्षेप नेपाली अधिकारीहरूले रोक्न सकेका छैनन्। पढ्नेक्रम जारी राख्नुहोस्

के होला यी दुई तस्वीरको अर्थ ? मोदीको नयाँ चाल


काठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सचिवालयले सार्वजनिक गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोदीबीचको भेटवार्ताको तस्बिरले छ महिना अगाडिको एउटा दृष्य झल्काइदिएको छ । मोदीले छ महिना अगाडि नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेटघाट गरेकै शैलीमा प्रचण्डलाई शनिबार भेटवार्ता गरेका छन् । त्यति मात्रै होइन मोदीको सचिवालले संयोग नै मिल्ने गरेर मोदी–प्रचण्डको तस्बिर ठ्याक्कै मोदी–ओलीकै जस्तो सार्वजनिक गरेको छ । यो तस्वीरको रहस्य के छ भन्ने’bout धेरैले अनुमान खोज्न थालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयाे


काठमाडौँ — अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको थियाे ।नुवाकाेटबाटहेलिकप्टरमापोष्टमार्टमका लागि शव काठमाडौं ल्याइएकाे हाे। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ। गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियाे। पढ्नेक्रम जारी राख्नुहोस्

अाज जननेता बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती मनाईँदै


काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानिया राणा शासनको बिरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्