दोहा (कतार) — कतारले कामदार स्वदेश फर्कंदा रोजगारदाताबाट अनिवार्य अनुमति (एक्जिट परमिट) लिनुपर्ने प्रावधान हटाएको छ । कतारका अमिर शेख तमिम विन हमाद अलथानीले एक्जिट पेपरसम्बन्धी कानुनलाई मंगलबार प्रमाणीकरण गरेका हुन् । कतारको २०१५ को कानुन नम्बर २१ र २०१७ को कानुन नम्बर १ ले आप्रवासी कामदारको आगमन र गमनको नियमन गर्दै आएको थियो । जसअनुसार करार अवधि सके पनि रोजगारदाताको सहमतिबिना कामदार स्वदेश फर्किन पाउँदैनथे । ‘कतारमा बस्ने सबै आप्रवासी कामदारका सुरक्षालाई सुनिश्चित गर्न र मर्यादित कामका लागि यो महत्त्वपूर्ण पाइला हो’, प्रशासन विकास, श्रम तथा सामाजिक मामिलामन्त्री डा. इशा साद अल जफैल अल नुएमीले भने । पढ्नेक्रम जारी राख्नुहोस्
उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 3,938,552 यात्रीहरु
पुराना पेजहरु