Daily Archives: 05/09/2018

बलात्कारको घटना गुपचुप मिलाउने एसपीलाई ‘प्रबल जनसेवाश्री पदक !’


काठमाडौँ, २० भदौ । बलात्कारको घटना गुपचुपमा मिलाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले ‘प्रबल जनसेवाश्री पदक’ पाएका छन् । प्रेमी र उनका साथी मिली इटहरी तरहराकी किशोरीमाथि बलात्कार गरेको घटनालाई मिलापत्र गराएको आरोप माझीमाथि थियो । उनी त्यसबेला जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुख थिए । उनै माझीलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पदक दिएर सम्मान गरेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

वृद्धभत्ता बढाउन ‘पूरक बजेट’ को तयारी


प्रचण्ड भन्छन्– व्यवसायीले कर तिर्नुपर्छ, जनतालाई ठग्नुहुँदैन
२० भदौ, काठमाडौं । ज्येष्ठ नागरिकहरुले पाउँदै आएको वृद्धभत्ता बढाउन सरकारले पूरक बजेट ल्याउने सोच बनाएको नेकपाका शीर्षनेताले संकेत गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटले नेकपाको चुनावी प्रतिवद्धताअनुरुप ज्येष्ठ नागरिकलाई सम्वोधन गर्न नसकेपछि बा–आमाहरुले सराप्न थालेको नेकपाका एक शीर्षनेताले बताए । पूरक बजेट ल्याएर हुन्छ या अन्य कुनै उपायले भए पनि नेकपाले गरेको प्रतिवद्धता सम्वोधन हुनैपर्ने नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्