एसिया कप छनोट : नेपालद्वारा सिंगापुर पराजित, छनोट सम्भावना बलियो


काठमाडौं, १७ भदौ । एसिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ ।
आइतबार मलेसियाको एक क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई सहजै पराजित गरेको हो । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि अनिलकुमार शाहले सर्वाधिक ४३ रन बनाए । ३२ बल खेलेका उनले २ छक्का र ५ चौका हिर्काए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २९ रन बनाए । जसमा उनले २ छक्का तथा १ चौका प्रहार गरे ।

मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए । त्यस्तै सुवास खकुरेलले १६ तथा सागर पुनले १४ रन बनाए । कप्तान पारस खड्का भने ११ रनमै बोल्ड हुन पुगे । मलेसियाका लागि अनन्तथ कृष्णले २ विकेट लिए । कार्थिकेयान सुब्रामनियनले १ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो । सिंगापुरका लागि चेतन सूर्ववंशीले सर्वाधिक ६० रन बनाए । त्यस्तै अनिश पारमले ३१ तथा कार्थिकेयान सुब्रामनियनले २० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

सिंगापुरको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा सन्दीप लामिछाने र ललिल राजवंशीले समान ३-३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ तथा बसन्त रेग्मीले १ विकेट हात पारे ।

सिंगापुरलाई पराजित गरेसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना बलियो बन्दै गएको छ । यसका लागि नेपालले बाँकी खेलमा राम्रो नेट रनरेटले हराएर अरुको नतिजामा भर पर्नुपर्ने हुन्छ ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )