Daily Archives: 02/09/2018

एसिया कप छनोट : नेपालद्वारा सिंगापुर पराजित, छनोट सम्भावना बलियो


काठमाडौं, १७ भदौ । एसिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ ।
आइतबार मलेसियाको एक क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई सहजै पराजित गरेको हो । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि अनिलकुमार शाहले सर्वाधिक ४३ रन बनाए । ३२ बल खेलेका उनले २ छक्का र ५ चौका हिर्काए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा २९ रन बनाए । जसमा उनले २ छक्का तथा १ चौका प्रहार गरे । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

काठमाडाैं-तराई द्रुतमार्गको डीपीआर : कम्पनी छनोट अन्तिम चरणमा


राजु बास्कोटा
काठमाडौं : काठमाडौं–तराई दुर्तमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) का लागि कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाले दु्रतमार्ग बनाउन प्रस्ताव मागेका ६ वटा कम्पनीमध्येबाट दुईवटा छनोट गरिसकेको छ। नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले अन्तिम दुईमा रहेका कम्पनीबाट एउटालाई दु्रतमार्गको डीपीआर बनाउने जिम्मा दिने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार विभिन्न ६ वटा कम्पनीले डीपीआर बनाउने प्रस्ताव पेस गरेका छन्। यसमध्येबाट दुईलाई पहिलो चरणबाट छनोट गरिएको छ। छनोटमा परेका दुईवटा कम्पनीको पनि प्रस्ताव मूल्यांकन भइरहेको छ। ‘आगामी साता द्रुतमार्गको अहिलेसम्मको अवस्था र डीपीआर बनाउन छनोट भएको कम्पनी सार्वजनिक हुनेछ’, भण्डारीले अन्नपूर्णसँग भने। पढ्नेक्रम जारी राख्नुहोस्

झण्डै १२ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा


काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै १२ घण्टापछि खुलेको छ । शनिबार राति करिब पौने ९ बजे यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो । विमान दुर्घटना भएपछि विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्