Monthly Archives: अगस्ट 2018

कुवेतमा समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको निधन


इन्द योन्जन तामाङ

कुवेत, अगष्ट २७- कुवेतमा समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर नेपाली युवाको ज्यान गएको छ । कास्की जिल्ला अर्मला घर भै पोखराको महेन्द्र गुफामा बसोबास गर्दै आएका तिर्थ बहादुर बिश्वकर्माको गत शुक्रबार समुन्द्रमा डुबेर मृत्यु भएको हो ।तिर्थ बहादुर कुवेतको अलकुत कम्पनीमा आएपनि भागेर अवैधानिक रुपमा काम गर्दै आएको बुझिएको छ । तिर्थ बहादुरको समुन्द्रमा डुबेर ज्यान गएको पुष्टि भएपनि थप बिबरण आउन बाकीं रहेको नेपाली दुताबास कुवेतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मोदी चार वर्षमा चौथो पटक आउँदै, दुई सम्झौता हुने


दुर्गा खनाल
रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने
काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हालेको चार वर्षमा चौथो पटक नेपाल आउँदै छन् । १७ वर्षदेखि भारतीय कार्यकारी नेपाल नआएको इतिहास तोडदै मोदीले २०७१ साउन १८ मा नेपालको पहिलो भ्रमण गरेका थिए । त्यसपछि उनको नेपाल आगमन निरन्तर भइरहेको छ । पछिल्लोपटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदैछन् । बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बल्खुको तरकारी बजारमा छापा, सरकारी टोली र व्यापारीबीच घम्साघम्सी


काठमाडौं, ११ भदौ । तरकारीमा सिण्डिकेट लगाएर उपभोक्तालाई महँगोमा विक्री गर्ने व्यापारीलाई सरकारी टोलीले पक्राउ गरेको छ ।
सोमबार बिहान काठमाडौंको बल्खुस्थित तरकारी बजारमा छापा मारेर उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरूले अवरोध गरेपछि केही समय तनाव भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

युएईको दुबई अलकुजमा संयुक्त तीज धमाका – २०१८ कार्यक्रम हुँदै।


मान सिङ गुरुङ (मानु कोन्मे), युएई

नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज पर्वको अवसर पारी यहि २०१८ अगस्ट ३१ तारिख शुक्रबार दिनको २ बजे दुबईको डल्सको हल अलकुज युएईमा संयुक्त तीज धमाका – २०१८ कार्यक्रम भव्य साथ हुंदैछ। पढ्नेक्रम जारी राख्नुहोस्

रौटहतमा डुंगा दुर्घटना : दुईजनाको शव भेटियो, तीनजना अझै बेपत्ता


फणि महत
गौर : रौटहतमा डुंगा दुर्घटनामा बेपत्ता भएका दुईजनाको शव भेटिएको छ । भारतको विहार जिल्लास्थित जमुवाघाट नजिकबाट गौर नगरपालिकाका–४ का ६५ वर्षीय शान्ति देवी शाह र औरहियाकी ३५ वर्षीय रुनादेवी पटेलको शव भेटिएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कञ्चनपुर घटनामा कहाँ चुक्यो गृह ?


काठमाडौँ — गृह मन्त्रालयले समयमै निर्णय लिन नसक्दा कञ्चनपुर घटनाको छानबिनमा चुकेको विश्लेषण जानकारहरूले गरेका छन् ।
घटना भएलगत्तै पीडित र स्थानीयवासीले अनुसन्धानका लागि दबाब दिए पनि २४ दिनपछि वास्तविक दोषी लुकाएर अर्कै व्यक्तिलाई सार्वजनिक गर्नुले घटनामा स्थानीय प्रहरी–प्रशासनको लापरबाही देखिएको गृह प्रशासन मामिलाका जानकारहरूको बुझाइ छ । ‘स्थानीयले विश्वासै गर्न नसक्ने व्यक्तिलाई दोषीका रूपमा खडा गर्नु नै गलत हो,’ गृह प्रशासनका एक जानकारले शनिबार कान्तिपुरसँग भने, ‘२४ दिन अनुसन्धान गरिसकेपछि कम्तीमा सत्यको नजिक पुग्न सक्नुपथ्र्यो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय पक्षबाट सुस्तामा पुनः विवाद सिर्जना


नवलपरासी । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा स्याङ्जाली युवा दिपक परीयारको मृत्यु


कमल सिम्ताली,कुबेत

अगस्ट १९,कुवेत – कुवेतमा स्याङ्जाका एक युवाको आइतबार मृत्युु भएको छ। कुवेतको (Al-ennma Real Estate Company) अल-ईन्मा रियल स्टेट कम्पनीमा सेकुरुटी गार्डमा कार्यरत दिपक परीयारको मृत्युु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्