बिम्स्टेक सम्मेलन आजदेखि : ओलीले २२ मिनेट, मोदीले १५ मिनेट बोल्ने


काठमाडौं, १४ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा अध्यक्षता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले २२ मिनेट सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजेदेखि सोल्टी होटलमा सुरु हुने सम्मेलनमा ओलीले आर्थिक सम्भावना, उर्जालगायत बिम्स्टेक सदस्य मुलुकका प्रयास र सम्भावनाका विषयमा बोल्नेछन् ।

नेपाल अध्यक्ष राष्ट्र हो । ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चाले १५–१५ मिनेट सम्बोधन गर्नेछन् ।

सम्बोधनका विषयमा बिम्स्टेम मन्त्रीस्तरिय बैठकले बुधबार एजेन्डा तयार पारिसकेको छ । काठमाडौं घोषणापत्र तयार भइसकेको छ । त्यसलाई अनुमोदन गर्दै भोली दिउँसो कार्यक्रम सम्पन्न हुनेछ ।

बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीलेसदस्य–मुलुकका कार्यकारी प्रमुखलाई रात्री भोज दिनेछन् । भोली बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवं राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन् ।(दैनिक नेपाल )

Advertisements

One response to “बिम्स्टेक सम्मेलन आजदेखि : ओलीले २२ मिनेट, मोदीले १५ मिनेट बोल्ने

  1. BIMSTEC convention uplift the height of PM KP Oli in int´l level

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )