एसिया कप छनोट : युएईसँग नेपाल ७८ रनले पराजित


काठमाडौँ : एसिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत भएको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङ गरेको नेपाल १७६ रनमै समेटिएपछि फराकिलो हार भोग्न बाध्य भएको हो ।पहिलो खेलमा सिंगापुरलाई हराएर उत्साहित युएईले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २५४ रन बनाएपछि पाएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली सुरुमै लड्खडाएर हार भोग्न बाध्य भयो ।

दोस्रो हार आत्मसाथ गरेको नेपालका ओपनर ज्ञानेन्द्र मल्ल आज पनि चल्न सकेनन् । उनले ४ बलमा ४ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । उनी आउट भएपछि अर्का ओपनर सुवास खकुरेलले तेस्रो क्रमका पारस खड्कासँग तालमेल मिलाउँदै व्यक्तिगत अर्धशतक बनाए । उनी ९७ बलमा अर्धशतक पुरा गरेलगत्तै आउट भए ।

आज कप्तान पारस खड्का पनि जम्न सकेनन् । उनी २० बलमा १६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसपछि आएका सागर पुनले लय समात्ने कोशिश गरे पनि लामो समय टिकेनन् । अघिल्लो खेलमा अर्धसतक बनाएका सागरले २० बलमा ३ रन बनाएको अवस्थामा पेभेलियन जानुपर्‍यो ।

टस हारेर ब्याटिङमा आएको युएईका लागि चिराग सुरीले ९१ बलको सामना गर्दै ६५ रन बनाए । त्यसैगरी आसिफ अहमेदले ४१ बलमा ४५ रनको गतिलो स्कोर खेले । नटआउट रहेका अदन मुफ्तीले पनि ४६ बलमा ५७ रनको शानदार पारी खेले ।

युएईलाई मध्यम योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामी र बसन्त रेग्मीले पनि समान २–२ विकेट लिए । (अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )