घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु


ललितबहादुर बुढा/ गोपाल शर्मा
सुर्खेत : सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका–४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया रामकला कामी, उनीहरुका ४ वर्षका छोरा रूपलाल रहेका छन् । त्यसैगरी छोरिहरू ६ वर्षीया प्रमिला र ७ वर्षीया गंगाको पनि मृत्यु भएको सल्यान प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । ११ वर्षीया छोरी सुनिता घाइते भएकी छिन। कामीको परिवार सुतिरहेको बेलामा घरको माथिल्लो तलाको दलिन भाँचिएको र पर्खालसमेत भत्किएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगतै डीएसपी शाहीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।

घटना’bout थप विवरण आउन बाँकी नै रहेको भन्दै डीइएसपी शाहीले घटनास्थल सदरमुकामबाट टाढा रहेको र आफूहरु उद्धारका लागि हिँडेको जानकारी दिए । घटनास्थलमा स्थानीय सीमा खोली प्रहरीचौकी, इलाका पैहरी कार्यालय थारमारे प्ररही टोली खटिएको सल्यान प्रहरीले जानकारी दिएको छ । (अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )