कुवेतका लागि नेपाली राजदुत हमाल इराकको गैरआवासीय नेपाली राजदूतमा नियुक्त


कुवेत, अगष्ट २८– कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमाल इराकको गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् ।लामो समय देखि प्रक्रियामै रहेका राजदुतद्वय यज्ञ बहादुर हमाल र झविन्द्र प्रसाद अर्याललाई आवासी र गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको हो । सरकारको सिफारिसमा हमाल र अर्याललाई आवासी र गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयद्वारा यज्ञ बहादुर हमाललाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतका लागि नियुक्त गरिएको हो भने झविन्द्र प्रसाद अर्याल ईजिप्टका लागि आवासीय र अल्जेरियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् २०१४ देखि नेपाली दूतावास कुवेतका राजदूतका रुपमा कार्यरत महामहिम यज्ञ बहादुर हमालले कुवेतको श्रम बजारमा दक्ष नेपाली कामदार भित्र्याउने ,नेपालमा उत्पादित बस्तुहरुको बजार ब्यवस्थापन गर्ने ,दुईदेशिय हितको ’boutमा काम गर्ने , लगानी भित्र्याउने, सामुहिक लगानी गर्ने एव नेपाली कार्यक्रम, चाडबाड, खेलकुद र साँस्कृतिक कार्यक्रम मार्फत सामाजिक सद्भाव, आपसी मित्रता र नेपालको पर्यटन प्रबर्दनमा सिर्जनात्मक भूमिका खेल्दै दुतावासलाई यहाँ रहेका सबै नेपालीको सर्वसुलभ पहुँचमा पुर्याउन संघसंस्थाहरुसंग सहकार्य र समन्वय गर्दै नेपालीहरुले बैदेशिक रोजगारीको क्रममा भोगिरहेका समस्याहरुलाइ निराकरणको लागि अग्रणी भूमिका खेल्दै आएका छन् ।

राजदुत हमाल पुनः राजदूतमा दोहोरिए संगै कुवेत र इराकमा कार्यरत नेपालीहरूले झेल्दै आएको समस्यालाई न्युनिकरण गर्न र समाधानका लागि धेरै नै पहलीकदम हुने एवं नेपाल कुवेत बिचको सम्बन्धलाई प्रगाढ बनाउन समन्वय, सुझबुझ, आपसी समझदारी लगायतका आपसी सम्बन्ध सुमधुर हुने विश्वास गरिएको छ ।(http://hamrosanchar.com)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )