Daily Archives: 29/08/2018

कुवेतका लागि नेपाली राजदुत हमाल इराकको गैरआवासीय नेपाली राजदूतमा नियुक्त


कुवेत, अगष्ट २८– कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमाल इराकको गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् ।लामो समय देखि प्रक्रियामै रहेका राजदुतद्वय यज्ञ बहादुर हमाल र झविन्द्र प्रसाद अर्याललाई आवासी र गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको हो । सरकारको सिफारिसमा हमाल र अर्याललाई आवासी र गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयद्वारा यज्ञ बहादुर हमाललाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतका लागि नियुक्त गरिएको हो भने झविन्द्र प्रसाद अर्याल ईजिप्टका लागि आवासीय र अल्जेरियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एसियाकप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य


काठमाडौं : ओमानसँग एसियाकप छनोटको पहिलो खेलिरहेको नेपालले ओमानलाई २२२ रनको विजय लक्ष्य दिएको छ । एसीसीको आयोजनामा मलेसिया क्वालालम्पुरको बायोमास रंगशालामा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो ।पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो । पढ्नेक्रम जारी राख्नुहोस्

घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु


ललितबहादुर बुढा/ गोपाल शर्मा
सुर्खेत : सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका–४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया रामकला कामी, उनीहरुका ४ वर्षका छोरा रूपलाल रहेका छन् । त्यसैगरी छोरिहरू ६ वर्षीया प्रमिला र ७ वर्षीया गंगाको पनि मृत्यु भएको सल्यान प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । ११ वर्षीया छोरी सुनिता घाइते भएकी छिन। कामीको परिवार सुतिरहेको बेलामा घरको माथिल्लो तलाको दलिन भाँचिएको र पर्खालसमेत भत्किएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगतै डीएसपी शाहीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यस्तो थियो विप्लव र प्रकाण्डको ‘काण्ड’, सेना बनाउन ३० करोड संकलन


काठमाडौं, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाममा धमाधम सैन्य संरचना बनाउँदै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको वार्ता अस्वीकार गरेका छन् । विप्लवले मंगलबार राति विज्ञप्ति जारी गरेर वार्ता अस्वीकार गरेका हुन् । उनले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरिएको भन्दै सरकारसँग वार्ता नगर्ने बताएका हुन् । सरकारले राजनीतिक उदेश्य राखेका दल, समूह र संगठनसँग वार्ता गर्ने भनेर उच्चस्तरीय राजनीतिक समिति बनाएको थियो । समितिले वार्ताका लागि आह्वान नगर्दै विप्लवले वर्तमान सरकारसँग वार्ता अस्वीकार गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बिमस्टेकलगतै संयुक्त सैन्य अभ्यास


कृष्ण आचार्य
बिमस्टेकलाई सुरक्षा र सामरिक स्वार्थमा प्रयोग गरिए क्षेत्रीय समन्वय र आर्थिक उपादेयता प्राप्त हुँदैन : पूर्वपरराष्ट्र सचिव
काठमाडौँ — बिमस्टेकका सदस्य राष्ट्रले चौथो शिखर सम्मेलनलगत्तै भारतमा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । ३०/३० जना सैन्य अधिकारी सम्मिलित संयुक्त अभ्यास भदौ २५ देखि ३१ सम्म भारतको महाराष्ट्रस्थित पुणेमा हुनेछ । भारतले पाकिस्तान सदस्य रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई ‘बेवास्ता’ गरिरहेका बेला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सात राष्ट्रले गर्ने संयुक्त सैन्य अभ्यासलाई ‘भारतीय प्रभाव’ का रूपमा चर्चा गर्न थालिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्