कुवेतमा समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको निधन


इन्द योन्जन तामाङ

कुवेत, अगष्ट २७- कुवेतमा समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर नेपाली युवाको ज्यान गएको छ । कास्की जिल्ला अर्मला घर भै पोखराको महेन्द्र गुफामा बसोबास गर्दै आएका तिर्थ बहादुर बिश्वकर्माको गत शुक्रबार समुन्द्रमा डुबेर मृत्यु भएको हो ।तिर्थ बहादुर कुवेतको अलकुत कम्पनीमा आएपनि भागेर अवैधानिक रुपमा काम गर्दै आएको बुझिएको छ । तिर्थ बहादुरको समुन्द्रमा डुबेर ज्यान गएको पुष्टि भएपनि थप बिबरण आउन बाकीं रहेको नेपाली दुताबास कुवेतले जनाएको छ ।

४१ बर्षिय तिर्थ बहादुरको घरको अवस्था अत्यन्तै नाजुक रहेको बुझिएको छ । मृतकका घरमा श्रीमती, ९ बर्षको छोरा र ६ बर्षकी छोरी छन् । केहि दिनयता कुवेतमा ज्यान गुमाउने नेपालीहरुको संख्या बढ्न थालेको । अगष्ट महिना भित्र मात्र कुवेतमा ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् ।

गत अगष्ट ११ तारिखमा सुनुवार सेवा समाज कुवेतका अध्यक्ष गुण बहादुर सुनुवारको हृदयघातका कारण निधन भएको थियो भने खोटाङ जिल्ला दिक्तेल रुपाकाेट मझुवागडि नगरपालिका वडा नं-२ साेल्मा रबुटाेल घर भएका नीर बहादुर राईको गाडीको ठक्करबाट निधन भएको थियो । रुपन्देही बेलबास १५ बदेल पोखरी घर भएका तुक बहादुर रायमाझीको गत १३ तारिखमा जिलिपमा गाडीको ठक्करबाट ज्यान गएको थियो । यसैगरी देबागन्ज-६, सुनसरी घर भएका सराज अन्सारीको गत अगष्ट ४ तारिख मृत्यु भएको थियो । भने स्याङ्जा जिल्ला घर भएका दिपक परियार गत १९ तारिख ओछ्यानमै मृत भेटिएका थिए ।( http://hamrosanchar.com)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.