Daily Archives: 28/08/2018

कुवेतमा समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको निधन


इन्द योन्जन तामाङ

कुवेत, अगष्ट २७- कुवेतमा समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर नेपाली युवाको ज्यान गएको छ । कास्की जिल्ला अर्मला घर भै पोखराको महेन्द्र गुफामा बसोबास गर्दै आएका तिर्थ बहादुर बिश्वकर्माको गत शुक्रबार समुन्द्रमा डुबेर मृत्यु भएको हो ।तिर्थ बहादुर कुवेतको अलकुत कम्पनीमा आएपनि भागेर अवैधानिक रुपमा काम गर्दै आएको बुझिएको छ । तिर्थ बहादुरको समुन्द्रमा डुबेर ज्यान गएको पुष्टि भएपनि थप बिबरण आउन बाकीं रहेको नेपाली दुताबास कुवेतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मोदी चार वर्षमा चौथो पटक आउँदै, दुई सम्झौता हुने


दुर्गा खनाल
रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने
काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हालेको चार वर्षमा चौथो पटक नेपाल आउँदै छन् । १७ वर्षदेखि भारतीय कार्यकारी नेपाल नआएको इतिहास तोडदै मोदीले २०७१ साउन १८ मा नेपालको पहिलो भ्रमण गरेका थिए । त्यसपछि उनको नेपाल आगमन निरन्तर भइरहेको छ । पछिल्लोपटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदैछन् । बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्