Daily Archives: 26/08/2018

रौटहतमा डुंगा दुर्घटना : दुईजनाको शव भेटियो, तीनजना अझै बेपत्ता


फणि महत
गौर : रौटहतमा डुंगा दुर्घटनामा बेपत्ता भएका दुईजनाको शव भेटिएको छ । भारतको विहार जिल्लास्थित जमुवाघाट नजिकबाट गौर नगरपालिकाका–४ का ६५ वर्षीय शान्ति देवी शाह र औरहियाकी ३५ वर्षीय रुनादेवी पटेलको शव भेटिएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कञ्चनपुर घटनामा कहाँ चुक्यो गृह ?


काठमाडौँ — गृह मन्त्रालयले समयमै निर्णय लिन नसक्दा कञ्चनपुर घटनाको छानबिनमा चुकेको विश्लेषण जानकारहरूले गरेका छन् ।
घटना भएलगत्तै पीडित र स्थानीयवासीले अनुसन्धानका लागि दबाब दिए पनि २४ दिनपछि वास्तविक दोषी लुकाएर अर्कै व्यक्तिलाई सार्वजनिक गर्नुले घटनामा स्थानीय प्रहरी–प्रशासनको लापरबाही देखिएको गृह प्रशासन मामिलाका जानकारहरूको बुझाइ छ । ‘स्थानीयले विश्वासै गर्न नसक्ने व्यक्तिलाई दोषीका रूपमा खडा गर्नु नै गलत हो,’ गृह प्रशासनका एक जानकारले शनिबार कान्तिपुरसँग भने, ‘२४ दिन अनुसन्धान गरिसकेपछि कम्तीमा सत्यको नजिक पुग्न सक्नुपथ्र्यो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय पक्षबाट सुस्तामा पुनः विवाद सिर्जना


नवलपरासी । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्