‘जनताले कर नतिरे कसले तिर्छ ? करको विरोध गर्नु हुँदैन’


काठमाडौं, ३१ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहले कर वृद्धि गरेकोमा बचाउ गरेको छ । स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर कर उठाउने निर्णय गरेको भन्दै नेकपाले कर उठाउने कार्यको विरोध भन्दा पनि सहयोग गर्नुपर्ने जनाएको छ । नेकपाका नेता हरिबोल गजुरलेलले जनताले कर तिर्नै पर्ने बताए । ‘जनताले कर तिर्नुपर्छ । नतिरेर हुन्छ ? जनताले कर नतिरे कसले तिर्छ’, उनले भने, ‘अव्यवहारिक छ भने कहाँ–कहाँ समस्या भएको हो सुधार गरौँ ।’ गजुरेलले कर नै उठाउन पाइँदैन भन्न नमिल्ने बताए ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपाका नेता गजुरेलले असार साउनमा खाल्डाखुल्डी पुर्न नहुने बताए ।

‘वर्षातको समयमा खाल्डाखुल्डी पुर्ने होइन । खाल्डाखुल्डी पुर्ने समय अहिले होइन’, उनले भने, ‘वर्षात सकिएपछि पुर्नुपर्छ ।’ भौतिक निर्माणमन्त्री रघुवीर महासेठले वर्षातमा सडक पिच गर्नेदेखि खाल्डाखुल्डी पुर्ने काम गरेको भन्दै आपत्ति जनाए ।

नेकपाका नेता गजुरेललाई प्रेसलाई छाडा छोड्न नसकिने बताए । ‘प्रेस अराजक हुँदै गएका छन्’, उनले भने, ‘प्रेसलाई छाडा छाड्नु हुँदैन । नियन्त्रण अति आवश्यक भइसकेको छ ।’(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )