पोखरामा अर्को बन्जी जम्प सञ्चालनमा आउने


उमा आलेमगर
पर्यटकको राजधानी पोखरामा अर्को बन्जी जम्प सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा बन्जी जम्प सञ्चालनमा आउने भएको हो । विगत १२ वर्ष देखि बन्जी क्षेत्रमा काम गर्दै आएका तथा विदेशको ११ राष्ट्रमा पनि काम गरिसकेका सन्तोष भट्टराईले बन्जी जम्प सञ्चालन गर्न लागेका हुन् । तनहुँ घर भएका भट्राई सहित अरु दुई जना पनि यस व्यवसायमा संलग्न रहेका छन् भने ७ जनाको शेयर रहेको छ । विदेशमा बन्जी जम्पमा अनुभव संगालेका भट्टराईले नेपालमा पनि केही गर्नु पर्छ भन्ने सोचले यो व्यवसाय सुरुवात गर्न लागेको जानकारी दिए ।

त्यसको लागि उनी लगायतको टोलीले पोखरामा २ महिना अध्ययन गरे । उनका अनुसार सुरुमा गगनगौडामा पनि बन्जी राख्ने सोच आएको तर पछि पोखरा १७ रातोपैह्रामै उपयुक्त लागेर निर्माण कार्यको थालनी भएको हो । पोखरा १७ पर्यटकिय क्षेत्र पनि भएकोले र पोखराकै प्रसिद्ध अन्तराष्ट्रिय माउण्टेन म्यूजियम रहेकोले पनि बन्जी जम्प वडा नं. १७ मै सञ्चालन गर्न लागेको उनले सुनाए ।

त्यो सँगै धार्मिक पर्यटन प्रवद्र्धनको लागि सबैको केन्द्रको मन्दिर ॐ कारेश्वर मन्दिर र भर्खरै फेला परेको ॐ कारेश्वर गुफा पनि त्यहि अवस्थित रहेको छ । करिब १२ देखि १५ करोडको लागतमा निर्माण गर्न लागिएको बन्जी जम्पले वडा नं. १७ मा नभएर समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भट्टराईको विश्वास छ । अन्तराष्ट्रिय माउण्टेन म्यूजियमबाट २ सय मिटर तल पहिला नगरपालिको डम्पिङ्ग साइड भएको स्थानसँग जोडिएका स्थानमा सञ्चालनमा आउने बन्जी सँगै स्विङ्ग, ¥याफ्टीङ्ग पनि सञ्चालन गर्ने भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार अहिले निर्माण कार्य अन्डर कष्ट्रक्सनमा छ । बन्जीमा चाहिने इक्यूपमेन्टमा रिसर्च भैरहको छ भने टावर राख्नको लागि अध्ययन भैरहेको छ । लगभग १ महिना पछि टावर राख्ने तयारी भैरहेको र अहिले कन्सट्रक्सन, बाउण्ड्री वाल, रेष्टुरेण्ट बनाउने काम भैरहेको उनले बताए । १ सय २२ मिटर अग्लो उचाईमा निर्माण हुन लागेको बन्जी जम्प पुरै सञ्चालन भैसके पछि पनि हजार १२ सय टेष्ट जम्प गराउनुपर्ने भएकोले यो १ वर्ष भित्र अर्थात् वैशाखको १ गते बाट उद्घाटन गर्ने योजना रहेको उनले सुनाए । उक्त कार्यमा सरकार स्थानियवासीको राम्रो साथ, सहयोग र प्रकिृया पाइरहेको भट्टराईले बताए ।Source: http://naripost.com

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )