Daily Archives: 15/08/2018

सरकारले बर्खास्त गरेपछि टेलिकमकी प्रबन्ध निर्देशक कामिनी के भन्छिन् ?


सूर्य नेपाली
काठमाडौँ, २९ साउन । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय अन्यायपूर्ण भएको बताएकी छिन् । मन्त्रिपरिषद्को मंगलबार बेलुकीको बैठकले राजभण्डारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदबाट हटाउने निर्णय गरेको थियो । त्यसलगत्तै दैनिक नेपालसँग कुरा गर्दै राजभण्डारीले भनिन्, ‘मलाई अन्याय भयो । निर्दोषलाई दोषी बनाउँदा दुःख लाग्दो रहेछ ।’ उनले भनिन् -‘कम्पनी फुलगेरमा दौडिरहेको छ । तर, काम हुँदाहुँदै पनि भएन भनेर हटाउनु कत्तिको जायज होला ? मेरो कार्यकालमा महत्वपूर्ण काम भएका छन् । कतिपय अहिले हुने प्रक्रियामा छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

पोखरामा अर्को बन्जी जम्प सञ्चालनमा आउने


उमा आलेमगर
पर्यटकको राजधानी पोखरामा अर्को बन्जी जम्प सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा बन्जी जम्प सञ्चालनमा आउने भएको हो । विगत १२ वर्ष देखि बन्जी क्षेत्रमा काम गर्दै आएका तथा विदेशको ११ राष्ट्रमा पनि काम गरिसकेका सन्तोष भट्टराईले बन्जी जम्प सञ्चालन गर्न लागेका हुन् । तनहुँ घर भएका भट्राई सहित अरु दुई जना पनि यस व्यवसायमा संलग्न रहेका छन् भने ७ जनाको शेयर रहेको छ । विदेशमा बन्जी जम्पमा अनुभव संगालेका भट्टराईले नेपालमा पनि केही गर्नु पर्छ भन्ने सोचले यो व्यवसाय सुरुवात गर्न लागेको जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्