Daily Archives: 14/08/2018

भारत र पाकिस्तानसँग खेल्ने मौका गुमाउन चाहन्नौं- पारस खड्का


हिजोका गल्ती, कमजोरी भुलेर उठ्ने बेला आयो
अमृत सुवेदी

२९ साउन, पोखरा । एसिया कप छनोटको तयारीमा जुट्नु अघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पोखरामा थिए । उनी आगामी कात्तिकमा हुने पोखरा प्रिमियर लिगका लागि बन्दै गरेको क्रिकेट मैदान अवलोकन गर्न आएका हुन् । पोखराबाट फर्किएपछि पारस खड्काको कप्तानीमा रहेको टोली एसिया कपको तयारीमा जुट्दैछ । मलेसियामा २९ अगस्टदेखि हुने एसिया कप छनोटमा विजेता बन्न सके भारत, पाकिस्तानजस्ता क्रिकेटका शक्तिशाली देशसँग खेल्ने मौका भएकाले यसलाई कुनै हालतमा गुम्न नदिने कप्तान खड्का बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाल जाने टु वे टिकट मिलाईदिनुस राजदुत ज्यु ?


तोयानाथ उपेक्षित,कुबेत 

मंगल ग्रहमा मानव यात्राको तयारी भईरहेको छ । तर त्यहाँ जानका लागि वान वे बुकिंङ धेरै पहिले खुलेको थियो । नफर्कने गरी मंगल जाने रहर पनि अचम्मकै । फेरी पनि त्यसका लागि अनेकौ योग्यताका मापदण्ड छन । त्यो दिनको पर्खाईमा तछाड मछाड गर्नेको कुनै कमी छैन । यो आफैमा ब्रमाण्ड विज्ञानका विधार्थीलाई भारी रुचीको विषय हुनेछ । यता खाडी मुलुकमा आएर घरमा काम गरिरहेका नेपाली महिलाहरुको पनि नेपाल जाने कुरा मंगलको यात्रा झै भएको छ । जो नेपाल जान चाहान्छन हार्दिक विदाई छ तर फर्कनलाई विना कारण प्रतिवन्ध । घरेलु कामदारका रुपमा खाडी राष्ट्रमा जान पाईन्दैन भनेर सरकारले रोकेको त काठमाण्डौमा बस्ने जहाजमा मात्रै रहेछ । चोरबाटो हुदै संसारभरी जाने छुट छ । खाडी राष्ट्रको त के कुरा, ईराक र सिरियामा समेत सयौ महिलादिदी बहिनीहरु पुगेका पुग्यै छन । पढ्नेक्रम जारी राख्नुहोस्

कार्टुन बनाउने र फोटो खिच्नेलाई २ वर्ष कैद !


ब्लफ कल गर्नेले पनि २ वर्ष जेल जानुपर्ने
आउँदो भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनले गोपनीयताविरुद्धको कामलाई कसुर घोषणा गर्दै कडा कारवाहीको व्यवस्था गरेको छ । ऐनमा अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ । यो व्यवस्थाले प्रेस स्वतन्त्रता संकुचन हुन सक्ने भय मिडिया क्षेत्रमा देखिएको छ । नेपालको संविधानले सबै नागरिकलाई गोपनीयताको हकको ग्यारेन्टी गरेको छ । अर्थात व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनअनुसार बाहेक कसैले अतिक्रमण गर्न पाइने छैन । पढ्नेक्रम जारी राख्नुहोस्

कर्मचारीका नेताको दादागिरी: उपसचिवमाथि अाक्रमण, मन्त्रालय तोडफोड


सुनील महर्जन
काठमाडौं। देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्यमाथि कुर्र्सी उचालेर हान्न खोजियो । पढ्नेक्रम जारी राख्नुहोस्