माग्ने भन्दा माग्न लगाउनेलाई कडा सजाय
२८ साउन, काठमाडौं । राजधानीका मुख्य सडकको छेउछाउ, आकाशे पुल एवं पशुपतिनाथ मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु हामी सबैले देखेकै हौं । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित, ज्येष्ठ नागरिक, जोगी र सन्यासीहरु माग्न बसेको दृश्य सामान्य बनिसकेको छ शहरमा । त्यसैगरी ढोका ढोकामा कराउँदै माग्न आउनेहरु पनि प्रशस्तै छन् । कसैले गीत गाउने, बाजा बजाउने गरेर मागिरहेका हुन्छन् भने कसैले अस्पताल वा स्थानीय तहले दिएका सिफारिस देखाएर पनि माग्ने गरेका छन् । कतिपय अवस्थामा बालबालिकालाई थाल वा कचौरा लिएर सडकमा माग्न लगाउने गरेको पनि भेटिन्छ । त्यतिमात्र होइन, लामो रुटको सार्वजनिक बसमा चढ्नुभयो भने सारंगी रेटेर एक दुई टुक्का गीत गाएर माग्नेहरु पनि भेटिन्छन् । पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...