Daily Archives: 12/08/2018

डाक्टरको प्रश्न- पेशा परिवर्तन गरौं कि देशै छाडेर हिँडौं ?


मुलुकी संहिताले डाक्टरलाई अपराधीको दर्जामा राखेको गुनासो

२७ साउन, काठमाडौं । उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल हाल्ने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् । भदौ १ गतेबाट कार्यान्वयनमा आउने मुलुकी संहिताको यो कानुनी व्यवस्था संशोधन नभए डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनीसमेत सरकारलाई दिएका छन् । पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चीनमा लुम्बिनीको फोटो देखेर जापानी पूर्व प्रधानमन्त्री मख्ख


चेतनाथ आचार्य
बेइजिङ — ‘ओहो यो त भगवान बुद्धको जन्मस्थल लुम्बिनी हैन र ! यस्तो पवित्र भूमिलाई पृष्ठभूमिमा राखेर फोटो खिचौँ न ।’ जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामाले गत शुक्रबार बेइजिङको मिन्चु होटलको लबिमा राखिएको लुम्बिनीको फोटोको फ्लेक्सदेखेपछि त्यसको अगाडि उभिएर फोटो खिच्ने रुचि देखाए । त्यतिन्जेलसम्म होटल व्यवस्थापनले त्यो फ्लेक्सको महत्व के हो भन्ने कुराको खासै हेक्का राखेको थिएन। पढ्नेक्रम जारी राख्नुहोस्