कुवेतका दर्जनौं संस्थाहरुको बिचमा नयाँ संस्था “प्रवासी इलामेली समाज, कुवेत” को उदय


दिलकुमार पाख्रीन/ कुवेत

११ अगस्ट, कुवेत। कुवेतका दर्जनौं संस्थाहरुको बिचमा नयाँ सस्था प्रवासी इलामेली समाज कुवेतको उदय भएको छ। प्रवासमा हुने गरेको आपत बिपदमा समाज र क्रीयाशिल संस्थाहरुसंग हातेमालो गर्दै पिडितहरुको समस्या सहजीकरण गर्ने उदेश्यले यो संस्था गठन भएको समाजका संयोजक/अध्यक्ष चक्र कुलुङले बताएका छन। हिजो कुवेतको फर्वानिया स्थित पार्कमा इलामेलिहरुको भेला आयोजना गरिएको थियो। उक्त भेलाले संस्थाको कार्यसमिति चयन गर्दै संस्थालाइ पुर्णतः दिएको हो। संस्थाको कार्य समितिको नामावली निम्न प्रकार छन।

सल्लाहकार: गोपाल गदाइली
सल्लाहकार: रोशन राई
अध्यक्ष: चक्र कुलुङ राई
उपाध्यक्ष: वसन्त साँवा लिम्बू
सचिव: मनकुमार तामाङ
सहसचिव: मनप्रकाश लिम्बू
कोषाध्यक्ष: किरण तिरुवा
सहकोषाध्यक्ष: किशोर खाती
युवा संयोजक: निमा गुरुङ
महिला प्रमुख: झुमा मगर
खेल प्रमुख: बुद्धिमान राइ

र सदस्यहरुमा चित्र राइ, बुद्ध साम्बाहम्फे, आशबिर राई, घनेन्द्र राई, कुमार गुरुङ, डम्बर राई, दिनेश धमला, टेक साम्पाङ, हेमराज धिमाल, प्रविण राई र तुलसादेवी चौहान रहेका छन।

कुवेतमा दर्जनौँ विभिन्न सांस्कृतिक, राजनैतिक, जातिय, सामाजिक, धार्मिक र सन्चरका संस्थाहरु खोलिएका छन। कति सक्रीया छन कति निश्क्रीया पनि छन। यद्यपि सक्रीया संस्थाहरुले धेरै उदाहरणिय मानविय, सामाजिक तथा नेपाल भौतिक निर्माणका जस्ता कार्यहरु गरिरहेका छन। ती सबै संस्थाहरुको माझमा नवगठित प्रवासी इलामेली समाज कुवेत आजसम्मको सबैभन्दा कान्छो संस्थाको रुपमा जन्म लिएको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )