Daily Archives: 09/08/2018

प्रकाण्डमाथि सात करोड चन्दा असुलेको अभियोग


काडमाडौँ: बुधबार पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि प्रहरीले सात करोड भन्दा धेरै चन्दा असुली गरेको अभियोग लगाएको छ। दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट दुई कार्यकर्तासहित पक्राउ परेका प्रकाण्डविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको छ । प्रशासनले बुधबारै प्रकाण्डलाई पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन पनि अनुमति दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

…त्यो प्राकृतिक देन हो धेरै सोँच्नु पर्ने आवश्यक्ता छैन’


पातलो शरीर । सामाजिक सञ्जालमा सक्रिय । मिठो बाल्ने । भावना गुरुङको विशेषता हो । उनले डेब्यु भने गुरुङ भाषाको फिल्मबाट गरेकी हुन् । फिल्म क्षेत्रका लागि उनको चर्चित नाम होइन । तर, उनी फिल्म र कलाक्षेत्र भनेपछि अगाडि आइहाल्छिन् । उनले पछिल्लो समय ‘स्वर्ग मेरो गाउँ’मा अभिनय गरेकी छिन् । भावना केही महिना अगाडि फिल्म खेल्नकै लागि भारतको मुम्बई पनि पगेकी थिइन् । बिडम्वना उनी छनौट भइनन् । लाइनमा बसेर अडिशन दिएकी भावनाले मुम्बईको फिल्मी क्षेत्रबाट आफू निकै प्रभावित भएको र सिक्नुपर्ने धेरै कुरा रहेको बताउँछिन् । खुलेर कुरा गर्नु उनको अर्को विशेषता पनि हो । उनै भावना गुरुङसँग हाम्रा सहकर्मी विमल योगीले गरेको कुराकानी : पढ्नेक्रम जारी राख्नुहोस्

४२ हजार युवालाई स्वरोजगार तालिम


ईश्वरराज ढकाल
काठमाडौं । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्