Daily Archives: 08/08/2018

कालाबजारी गरे ३ वर्ष कैद


मकर श्रेष्ठ
सिन्डिकेट गरे एक वर्ष कैद र तीन लाखसम्म जरिवाना
उपभोक्ताको सरोकारको मुद्दा किनारा लगाउन उपभोक्ता अदालत
काठमाडौँ — विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई अब ५ वर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसद्‍मा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानि पुर्‍याउनेलाई कारबाही व्यवस्था गरिएको हो । यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेले छुट पाउँदै आएका थिए ।संविधानको मौलिक हकअन्तर्गत रहेको ‘उपभोक्ताको हक’ कार्यान्वयनका लागि ल्याउन लागिएको विधेयकमा तोकिएको गुणस्तरभन्दा घटी वा बढी भएको कुनै वस्तु र सेवा उपभोग गरेर उपभोक्तालाई नोक्सानी भएमा कसुर गरेको मानिने उल्लेख छ । उपभोग गर्न नसकिने गुणस्तरहीन वस्तु उत्पादन वा बिक्री गरेमा समेत जेल र जरिवाना दुवै हुन सक्ने प्रावधान विधेयकमा राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रहरीले अपहरणकारीको इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा


पुष्कर बुढाथोकी, भक्तपुर
आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ । यस्तो खुलासा गरेपछि नगदेशका स्थानीय र मारिएका दुई अपहरणकारीका घरबेटी श्याम लवट परिवार दबाबमा परेका छन् । यसपछि प्रहरी र सञ्चारकर्मीको लगातार फोन आउन थालेपछि उनीहरु दबाबमा परेका हुन्। घटनाको खुलासा किन गरेको भन्दै प्रहरीले दबाब दिन थालेपछि लवट परिवारले सोधपुछ गर्ने जो कोहीसँग पनि कुरा गर्न डराउन थालेको स्थानीयको भनाइ छ । नेपाल समाचारपत्रकर्मी लवटको घरमा पुग्दा उनका परिवारले घटनाका सम्बन्धमा खुलेर कुरा गर्न चाहेनन् । पढ्नेक्रम जारी राख्नुहोस्