Daily Archives: 06/08/2018

बेरोजगारलाई निर्वाह भत्ता


बेरोजगारी हटाउने ३ विकल्प– 1. रकम दिएर स्वरोजगार बनाउने  2. रोजगारी खोजिदिने 3. बेरोजगार निर्वाह भत्ता दिने
मकर श्रेष्ठ
काठमाडौँ — सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी कानुन बनाउन लागिएको हो । १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिने गरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदै छ । संविधानको धारा ३३ मा उल्लिखित रोजगारीको हकको व्यवस्था कार्यान्वयन गर्न यो विधेयक बनाइएको हो । संविधानले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने प्रत्याभूत गरेको छ । रोजगारीको सर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनबमोजिम हुने संवैधानिक व्यवस्था भएअनुसार नै सरकारले कानुन बनाउन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जुन जोगी आए पनि कानै चिरेका मिश्रको प्रमाणपत्र पनि भारतकै


ईश्वरराज ढकाल/प्रशान्त वली
हाइस्कुल र इन्टरमिडिएट परीक्षा बीचको अन्तर आठ वर्ष
काठमाडौंँ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आउनुभएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्