‘बुगीवुगी’ बिजेता बनिन् कविता नेपाली


कुबेत नेपालडटकम

काठमाडौं – अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डबाट कविता नेपाली बिजेता बनेकी छिन् । सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी हुन् । आयोजक एपीवान टेलिभिजनले उनलाई पुरस्कार स्वरुप २५ लाख रुपैंया हस्तान्तरण गर्यो । कविताले अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुमेकी हुन् । त्यसैगरी प्रगति पुन फस्ट रनरअप बनेकी छन् । यससँगै उनले ६ लाख रुपैयाँ प्राप्त गरेकी छन् । सरोज मोक्तान सेकेन्ड रनरअप बनेका छन् । उनले चार लाख रुपैयाँ प्राप्त गरे ।

बुगीवुगीका लागि अनलाइन अडिसन मार्फत देशभरबाट तीन हजार डान्सर सहभागी भएका थिए । ती मध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए । त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्ड लगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन् ।

करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए । अन्तिम राउन्ड दुई साता सम्म चलेको थियो । फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उनीहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै सञ्चालन गरेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )