Daily Archives: 05/08/2018

अर्की १३ वर्षीया बालिका बलात्कृत


प्रेमनारायण आचार्य
टीकापुर : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कैलालीको लम्कीचुहामा अर्की १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी हुन्।

इलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले ती बालिकालाई बलात्कार गरेका थिए। छिमेकी बुढाले बलात्कार गरेको भन्दै पीडितका आफन्तले शनिबार साँझ प्रहरीमा उजुरी दिएका थिए। इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले शनिबार नै बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जाजरकोट पहिरोः ८ जनाको शव निकालियो (अपडेट)


काठमाडौं, २० साउन । जाजरकोटमा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये आठ जनाको शव फेला परेको छ। मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद कमल पंगेनीको ह्रदयघातका कारण निधन


काठमाडौँ । नेपाली कांग्रेसका नेता कमलप्रसाद पंगेनीको निधन भएको छ । पंगेनीकाे आज बिहान ह्रदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पंगेनी नेपाली कांग्रेस स्यांजाका सभापति समेत हुन । उनी संविधानसभाका सदस्य समेत थिए । मिडियामैत्री पंगेनीले गत वर्षको साउन १५ गते संसदमा बाँदर आतंकको कुरा उठाउँदा धेरैले स्यावासी दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

‘बुगीवुगी’ बिजेता बनिन् कविता नेपाली


कुबेत नेपालडटकम

काठमाडौं – अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डबाट कविता नेपाली बिजेता बनेकी छिन् । सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्